अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन भएकी छन् ।

अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा शनिबार ३ अक्टोबर २०२६मा सम्पन्न मञ्चको छैटौं अधिवेशनले विमलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेकपा केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मामिला विभाग उपप्रमुख कृष्णकुमार राईले अधिवेशनबाट विमला लिम्बुको अध्यक्षतामा समायोजनमा आएका नेताहरुलाई थप्न सकिने गरी सर्वसम्मत अहिलेलाई २५ सदस्यीय कार्यसमिति गठन भएको जानकारी दिए । नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनका प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख एवं नेपाल सरकारका पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

अधिवेशनमा पश्चिम प्रवास समितिका सहइन्चार्ज तिलक केसी विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । यस्तै ​अधिवेशनमा केन्द्रीय कमिटी सदस्यहरू कृष्णकुमार राई, राना केसी, तुल छन्त्याललगायतका अन्य शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

​कार्यक्रमको समापनमा उपस्थित नेता तथा प्रतिनिधिहरूले नवनिर्वाचित अध्यक्ष विमला लिम्बूलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!