नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु, खुलामञ्चमा शीर्ष नेतादेखि हजारौँ कार्यकर्ताको जमघट

SHARE:

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा आयोजित विशेष समारोहमा कांग्रेस महाधिवेशन उद्घाटन गरिएको हो ।

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू उद्घाटन समारोहमा सहभागी भएका थिए ।

खुलामञ्चमा कांग्रेसका प्रतिनिधिसहित हजारौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनअन्तर्गत सोमबार तथा मंगलबार बन्दसत्र सञ्चालन हुने कार्यतालिका छ । बन्दसत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो महाधिवेशनमा देउवा पक्षीय नेता, कार्यकर्ताहरु पनि सहभागी भएका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!