एटा संवाददाता
अल्डरसट । चर्चित नायिका नम्रता श्रेष्ठको उपस्थितिमा नेपाली चलचित्र ‘प्रसाद’ को विशेष प्रदर्शन भएको छ । गत शनिबार १२ जनवरीका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा जि ९ इन्टरटेन्टमेनको आयोजना र लेक्स लिम्बु र ह्याब अ मोमेन्टको प्रस्तुतिमा चलचित्र प्रदर्शन गरिएको हो ।
नेपाली सामाजिक परिवेशमा घटेका घटनाहरुलाई समेटेर बनाइएको चलचित्रमा प्रेम विवाह पछि निःसन्तान जोडीले भोग्नु परेका समस्याहरुलाई देखाउन खोजिएको छ । नारीको विशेष भूमिका रहेको चलचित्रमा नायिका श्रेष्ठको सशक्त अभिनय रहेको छ ।
दिनेश राउतको निर्देशन, विकास सुवेदीको सहनिर्देशन, सुशील पौडेलको कथा, राजेश श्रेष्ठले सिनेमाटोग्राफी, लोकेश बज्रचार्यको सम्पादन र सुवास भुसालको संगीत निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, बसुन्धरा भुसाल, रोजेश बिसुराल र निश्चल बस्नेतलगायत लोकप्रिय कलाकारहरुको जोडदार अभिनय रहेको छ ।
आलोक नेम्वाङ्गद्वारा निर्देशित नेपाली चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रबाट डेब्यु गरेकी श्रेष्ठले मेरो एउटा साथी छ, छाड्के, मिस यु, मौन, नोभेम्बर रेन, मेघा, तान्डव, संवोधन, सोल सिस्टर, पर्व, होमवर्क लगायत थुप्रै चलचित्रमा जोडदार अभिनय गरिसकेकी छन् ।
फोटोः ह्याब अ मोमेन्ट






