लन्डन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल रोली वाकरको निमन्त्रणामा उनी बेलायत आइपुगेका हुन्।
लन्डनको हिथ्रो विमानस्थलमा उनलाई मेजर जनरल द राइट अनरेबल द लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध तथा रक्षा साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।






