तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा हितकाजी टुक्ल्हेप्री तमु सर्वसम्मत निर्वाचित

SHARE:

पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३४औं वार्षिक साधारणसभा, ७औं महाधिवेशन तथा व्यक्तित्व सम्मान कार्यक्रम २०८३ असोज १७ र १८ गते पोखरामा भव्य र सभ्यरूपमा सम्पन्न भएको छ ।

संघका केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको अध्यक्षतामा तथा संघीय सांसद माननीय एलिजा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको दोस्रो दिन असोज १८ गते भएको निर्वाचनबाट हितकाजी टुक्ल्हेप्री तमु केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो भने विभिन्न प्रदेश, जिल्ला, भातृ संगठनबाट प्रतिनिधित्व हुनेगरी ३८ जनाको जम्बो आकारको नयाँ कार्यसमिति फ्रेमिङ सर्वसम्मत निर्वाचित भएका हुन ।

एक कार्यकाल सफलतापूर्वक पूरा गरी अध्यक्ष ओम बहादुर थिम्जे तमुले संस्थाको नेतृत्व हितकाजी टुक्ल्हेप्री तमुलाई हस्तान्तरण गर्नुभएको छ । यो केवल नेतृत्व परिवर्तन मात्र नभई अनुभवबाट नयाँ पुस्तातर्फ जिम्मेवारी हस्तान्तरण गर्दै संस्थागत निरन्तरता, एकता र गतिशीलताको यात्रालाई अघि बढाउने महत्वपूर्ण क्षणका रूपमा लिइएको छ, निवर्तमान अध्यक्ष ओम बहादुर थिम्जे तमुको मन्तव्यमा भनिएको छ ।

तमु प्ये शास्त्र, धर्म, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण, सम्वर्धन तथा प्रवर्दनमा यस अगाडि पनि आफुसँग थुप्रै चुनौतीहरुलाई सामना गर्नुपरेको र केहि अधुरा र अपूर्ण कामलाई पूर्ण गर्न यस धार्मिक एवं सामाजिक सेवाको अभियानमा संघलाई अझ सशक्त र संगठित बनाउने जिम्मेवारी नवनिर्वाचित अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको नेतृत्वमा अघि बढ्ने कुरा अध्यक्षको प्रतिवद्धतामा व्यक्त गरेको छ ।

असोज १७ गते आयोजित संघको ३४औं साधारणसभाबीच व्यक्तित्व सम्मान कार्यक्रमलाई जोड्दै गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानका विशेष व्यक्तित्वहरु यसैगरी विभिन्न तमु संघसंस्थाबाट निर्वाचित अध्यक्षहरु, तमु प्ये ल्हु संघकै विभिन्न निकायका निर्वाचित अध्यक्षहरुलाई स्वागत एवं बधाई सम्मान र संघको विभिन्न समितिबाट नेतृत्व हस्तान्तरण गरी बसेका निवर्तमान अध्यक्षहरुलाई विदाई सम्मान गरेका छन ।
यसैबीच केन्द्रीय निवर्तमान अध्यक्ष ओम बहादुर थिम्जे तमुको सुपुत्री (अमेरिका बस्ने) ले संघको खेगी प्रशिक्षण शिर्षकमा रु. ५,००,०००/- (पाँच लाख) को अक्षयकोष स्थापना गरिदिएको छ ।

यसैक्रममा तमु प्ये ल्हु संघसँग आवद्ध जिल्ला समितिहरु मध्ये आफ्नो मातहतका इकाईहरुलाई सशक्तरुपमा संगठित र सक्रिय बनाउँदै तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाले देखाएको उदाहरणीय र प्रशंसानीय कार्यको उच्च कदर गर्दै तमु प्ये ल्हु संघ गोरखालाई उत्कृष्ट जिल्लाको रुपमा प्रशंसा-पत्र र मायाको चिनोले सम्मान गरेको छ ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता जुना कुमारी गुरुङको संयोजकत्वमा सम्पन्न संघको ७औं महाधिवेशनको निर्वाचन मण्डलमा अधिवक्ता कृष्ण कुमार श्रेष्ठ, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका सल्लाहकार एवं ङ्योइ तमु धिंका अध्यक्ष मेजर राम प्रसाद योज तमु, केन्द्रीय समितिका पूर्व महासचिव एवं गुरुङ साहित्यिक मंच नेपालको निवर्तमान अध्यक्ष तेज बहादुर च्हाग्ली तमु र कृष्ण माया तमु रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!