बेलायतमा १९औँ रेडिङ कप प्रतियोगिता रद्द, आयोजकले गर्‍यो क्षमायाचना

SHARE:

लन्डन । बेलायतमा यही १० अक्टोबरमा आयोजना हुने भनिएको १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता २०२६ रद्द भएको छ ।

ग्रेटर रेडिङ नेपालीज कम्युनिटी एसोसिएसनले खेलका लागि उपयुक्त मैदानको उपलब्धता तथा मैदानको वर्तमान अवस्थाका कारण यस वर्षको प्रतियोगिता आयोजना गर्न नसकिएको मंगलबार जनाएको हो । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि स्थानीय काउन्सिलसँग समन्वय गर्दै वैकल्पिक खेलमैदान तथा कार्यक्रमलाई सीमित स्वरूपमा सञ्चालन गर्ने विकल्पसमेत खोजिएको थियो। तर, हालको मैदानको अवस्थाका कारण खेलाडी तथा सहभागीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता सञ्चालन गर्न उपयुक्त वातावरण बन्न नसकेको जनाइएको छ।

प्रतियोगितामा यसपटक ३० टोलीको सहभागिता रहने तयारी थियो। प्रतियोगिताका लागि खेलाडी, परिवार, समर्थक तथा स्वयंसेवकहरू उत्साहित रहेको अवस्थामा प्रतियोगिता रद्द गर्नुपर्दा आफूहरू अत्यन्त दुःखी भएको आयोजकले जनाएको छ।

आयोजकले प्रतियोगिता रद्द भएपछि सबै टोली, खेलाडी, परिवार, समर्थक तथा स्वयंसेवकहरूसँग क्षमायाचना गर्दै उनीहरूको धैर्य, समझदारी र सहयोगप्रति आभार व्यक्त गरेको छ।

यस वर्ष प्रतियोगिता आयोजना गर्न नसकिए पनि आगामी वर्ष अझ ठूलो, व्यवस्थित र भव्य रूपमा रेडिङ कप आयोजना गर्ने प्रतिबद्धता आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!