बेलायतमा प्रधानसेनापति अशोकराज सिग्देलद्वारा गोर्खा स्मारकमा श्रद्धाञ्जली

SHARE:

लन्डन । बेलायतको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण गर्दै वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानसेनापति सिग्देलले ह्वाइटहलस्थित हर्स गार्डस् एभेन्युमा रहेको गोर्खा स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनी बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल रोली वाकरको निमन्त्रणामा मंगलबार बेलायतआइपुगेका हुन् ।

बेलायत र नेपालबीच दुई शताब्दीभन्दा लामो समयदेखि विशेष मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशबीच बलियो रक्षा साझेदारीसँगै जनता–जनताबीचको सम्बन्ध पनि लामो समयदेखि कायम छ। प्रधानसेनापति सिग्देलको बेलायत भ्रमणलाई दुई देशबीचको रक्षा सम्बन्ध तथा गोर्खा सैनिकसँग जोडिएको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!