सचिव रुद्रसिंह तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित

SHARE:

काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा हुनुभएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन हुनुभएका तामाङलाई समाजका अध्यक्ष डा उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गर्नुभयो ।

सचिव तामाङले सरकारले दिएको जिम्मेवारीलाई इमानदरपूर्वक निर्वाह गर्ने सङ्कल्प गर्दै प्राप्त शुभकामना र बधाईप्रति आभार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष एवं रक्षा मन्त्रालयका सहसचिव रानामगरले नुवाकोटको औद्योगिक पार्क बन्नसक्ने भएकाले त्यसका लागि उद्योग मन्त्रालयबाट पहल गर्न आग्रह गर्नुभयो । नुवाकोटमा हुने विकास निर्माणका लागि आफूहरुले जहाँ रहेर पनि समन्वय र सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा केसी, सचिवद्वय सिटौला र थपलिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा मनोज केसी, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराज केसी, गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए), बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले नजिकिँदै दसैँहित विभिन्न चाडपर्वको शुभकामना दिँदै सचिव तामाङलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।

समाजका सचिव राजु प्याकुरेलले गत भदौ १० गतेको भोटेकोशी बाढीमा दिवङ्गत भएका नुवोट निवासी २० राष्ट्रसेवकका परिवारलाई समाजका तर्फबाट हालै प्रतिपरिवार रु २५ हजार राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

समाजका कोषाध्यक्ष कृष्ण खतिवडाले नुवाकोटमा जन्म र बसोबास भई निजामती, सुरक्षा सङ्गठनसहित लोकसेवा आयोगबाट पदपूर्ति हुने सङ्गठित संस्थाका कर्मचारीलाई आफूहरुले सामाजिक रुपमा जोड्दै आएको बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!