तमु धीं भर्जिनियाद्वारा भोटेकोशी बाढीपहिरो विपद्का लागि १० लाख सहयोग

SHARE:

काठमाडौं । नेपालमा गएको भोटेकोशी बाढीपहिरोबाट प्रभावित तथा विपदमा परेका नागरिकहरूको राहत तथा उद्धारका लागि तमु धीं भर्जिनियाले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

विपदका कारण प्रभावित परिवार तथा समुदायलाई राहत पुर्‍याउने उद्देश्यले तमु धीं भर्जिनियाले उक्त सहयोग रकम उपलब्ध गराएको हो। संस्थाको तर्फबाट सहयोगस्वरूप प्रदान गरिएको रु. १० लाखको चेक गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको छ। तमु धीं भर्जिनियाका सक्रिय आजीवन सदस्य यङ्चुङ पुनेल र समाजसेवी तथा बुद्धिजीवी मणि गुरुङले संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण गर्दै सहयोगी पक्षले प्राकृतिक विपद्का समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा आवश्यक मानवीय सहयोगमा उक्त रकम उपयोग हुने विश्वास व्यक्त गरे।

तमु धीं भर्जिनिया प्रवासमा रहेर पनि नेपालमा आइपर्ने प्राकृतिक विपद् तथा सामाजिक समस्यामा निरन्तर सहयोग र सहकार्य गर्दै आएको सामाजिक संस्थाका रूपमा परिचित छ। विशेषगरी विपद्को समयमा पीडित तथा प्रभावित समुदायलाई राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले विभिन्न समयमा सहयोग गर्दै आएको जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरिएको रु. १० लाखको चेकले नेपाल र प्रवासमा रहेका नेपालीबीचको मानवीय सम्बन्ध, सामाजिक उत्तरदायित्व र विपद्का बेला एकआपसमा सहयोग गर्ने भावनालाई समेत प्रतिबिम्बित गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!