बेलायतका नेपाली उद्यमीद्वारा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएप ल्याउने तयारी

SHARE:

लन्डन । बेलायतको स्वास्थ्य तथा सोसल केयर क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित नेपाली उद्यमीहरूको नेतृत्वमा विकसित एआईमा आधारित प्लेटफर्म Qevora AI बजारमा ल्याउने तयारी गरिएको छ।

स्वास्थ्य सेवा प्रदायकहरूको प्रशासनिक काम सहज बनाउने, सञ्चालन खर्च घटाउने र स्वास्थ्यकर्मीलाई सेवाग्राहीको हेरचाहमा बढी समय उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्म विकास गरिएको कम्पनीले जनाएको छ।

५०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिँदै आएको स्वास्थ्य तथा सोसल केयर सेवा समूहका अनुसार, Qevora AI विगत छ महिनादेखि परीक्षण भइरहेको छ। हाल केयर होममा ५०० भन्दा बढी कर्मचारीले यसको आन्तरिक प्रयोग गरिरहेका छन्।

भिजिटर व्यवस्थापन, मर्मतसम्भार, अडिट, किचन, कर्मचारी भर्ती तथा अनुपालन, ड्युटी रोस्टर, औषधि व्यवस्थापन (eMAR), केयर प्लानिङलगायत सम्पूर्ण केयरसम्बन्धी एपहरू अब एउटै AI प्रविधियुक्त प्लेटफर्ममा उपलब्ध हुने भएको छ।

एउटै प्लेटफर्म, एउटै लगइन, सबै सेवा आपसमा जोडिएका जनाउदै कम्पनीले तालिम पनि दिइने र सबै तालिम सीपीडीद्वारा अनुमोदित रहेका जनाएको छ।

कृत्रिम बौद्धिकताको प्रयोगबाट दोहोरो डेटा इन्ट्री घटाउने, रिपोर्टिङ सहज बनाउने र व्यवस्थापन प्रभावकारी बनाउने कम्पनीको अपेक्षा छ।

कम्पनीले प्रशासनिक काममा लाग्ने समय ७० प्रतिशतसम्म र विभिन्न सफ्टवेयरमा हुने खर्च ८० प्रतिशतसम्म घटाउने लक्ष्य प्रस्तुत गरेको छ।

बेलायतको स्वास्थ्य सेवा क्षेत्रमा प्राप्त अनुभवलाई प्रविधिसँग जोड्दै कम्पनीले भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने महत्वाकांक्षा राखेको छ।

Qevora AI ले सूचना प्रविधि, सफ्टवेयर विकास, मानव संसाधन, प्रशासन तथा नियामकीय अनुपालनलगायतका क्षेत्रमा बेलायतमा आधारित रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ।

कम्पनीले प्लेटफर्म चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। थप जानकारीका लागि qevorauk.com⁠ वा LinkedIn मा Qevora AI को आधिकारिक पेज हेर्न सकिनेछ।

कम्पनीले आफ्नो नवीनतम प्रविधियुक्त प्लेटफर्मलाई तीव्र गतिमा विस्तार गर्दैछ। भविष्यमा उपलब्ध हुने रोजगारीका अवसरहरू तथा कम्पनीका नयाँ गतिविधि र अपडेटहरूबारे जानकारी प्राप्त गर्न आफ्नो आधिकारिक LinkedIn पेज फलो गर्न कम्पनीको आग्रह छ।

यदि LinkedIn अकाउन्ट नभए पनि नयाँ अकाउन्ट बनाउन मात्र दुई मिनेट लाग्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!