गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न अध्यक्ष शर्माले गरे आग्रह

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।

संघ स्थापना भएको २३ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश दिंदै अध्यक्ष शर्माले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो अभियानले ९० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको जनाए ।

आफ्नो शुभकामना सन्देशमा अध्यक्ष शर्माले हालै बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार र राहतसँगै अब दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार रहेको बताए । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ को भावनालाई व्यवहारमा उतार्न गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । हालै १० अर्ब रुपैयाँको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनमा आए पनि नागरिकताको विषय पूर्ण रूपमा सम्बोधन नहुँदा लगानीकर्तामा केही आत्मविश्वास कम भएको छ, उनले भने।

नेपालको विकासका लागि बौद्धिक लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न चौथो विश्व ज्ञान सम्मेलन तथा ‘एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी’ स्थापनाको तयारी गरिएको तथा पहिलोपटक एनआरएन विश्व महिला सम्मेलन र दोस्रो पुस्ताका युवाहरूलाई जोड्ने गरी विभिन्न कार्यक्रमहरू पनि अघि सारिएको उनले बताए ।

अध्यक्ष शर्माले विश्वभरका श्रमिकहरूको हकहित, सुरक्षित आप्रवासन र मतदानको अधिकारका लागि संघले अन्तर्राष्ट्रिय श्रम संगठन, आइओएम र रेडक्रसजस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको र संस्थालाई अझ आधुनिक, समावेशी र पारदर्शी बनाउन अनलाइन मतदान प्रणालीसहितको ‘रिब्रान्डिंग ’ कार्यक्रम सुरु गरिएको पनि जनाए । उनले हालै बाढीपीडितहरूलाई सहयोग गर्ने विश्वभरका गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दै बडादशैँ, तिहार तथा छठ लगायतका चाडपर्वहरूका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!