बेलायतको अल्डरसटमा आज ‘दशैं सेलिब्रेसन साँझ’, लोकप्रिय कलाकारले तताउने

SHARE:

लन्डन । बेलायतको अल्डरसटमा नेपाली हिन्दुहरूको चाड बडादशैंको अवसरमा आज १६ अक्टोबर २०२६ मा ‘दशैं सेलिब्रेसन साँझ’ आयोजना हुँदैछ । ठमेल दोहोरी तथा ढिडोघर, अल्डरसटमा हुने कार्यक्रममा नेपाली गीत–संगीतका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा गायिका बिना राई, रेजिना परियार र बिमता घर्ती मगरका साथै गायक मनसुधन थापा, सन्तोष पुन र शक्ति चन्दले आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली गीत–संगीत, लोकदोहोरी र मनोरञ्जनमार्फत बेलायतवासी नेपालीलाई दशैंको उल्लासमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

आज साँझ ७ देखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी दर्शकका लागि आयोजकले खानाको समेत व्यवस्था गरेको छ।

बेलायतमा नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै चाडपर्वलाई सामूहिक रूपमा मनाउने क्रम बढिरहेका बेला आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी भेटघाट र सांस्कृतिक एकतालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेलायत शाखाका अध्यक्षसमेत रहेका गायक मनसुधन थापाले बेलायतवासी नेपालीलाई कार्यक्रममा सहभागी भई कलाकारको प्रस्तुति र दशैंको उत्सवमा रमाउन आग्रह गरेका छन् । ‘नेपालबाट पाल्नुभएका चर्चित कलाकारहरू तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिसहित आयोजना हुन गइरहेको यस विशेष कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ । चुल्है निम्तो छ है हजुर !,’ उनले भनेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!