SHARE:

रोशनी गुरुङ
धादिङ । बेलायतमा रहेको तमु धी युकेले धादिङको रुबि भ्याली गाउँपालिका वडा नं. ६ खादिङमा भुकम्पबाट क्षेतिग्रस्त रहेको हिमालयन सरस्वती माध्यामिक विद्यालयको पुनः निर्माण गर्ने भएको छ ।

बुधबार खादिङ पुगेको तमु धी युकेको टोलीले वर्षयाम अगाडि नै विद्यालयको पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । विद्यालयको शिलान्यास गर्दै प्रमुख अतिथि तमु धी युकेका निवर्तमान अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे) ले स्थानीयले दु:ख नपाउन र बालबालिकाले राम्रोसँग गाउँमै पढ्न पाउन भन्ने उदेश्यले आफुहरुले विद्यालय पुनः निर्माणको लागि पहल गरेको बताए । आगामी दिनमा विद्यालयलाई निरन्तर सहयोग गरीरहने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै तमु धी युकेका अध्यक्ष ज्ञाम गुरुङले सरकारको ध्यान पुग्न नसकेको खादिङ गाउँमा अब तमु धी युकेले विद्यालय पुनः निर्माण गर्ने बताए । साथै उनले समयमै योजना सम्पन्न गर्नका लागि स्थानीयलाई श्रमदानमा सहयोग गर्न आग्रह गरे । यस्तै पाहार ट्र्स्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले योजना समयमै सम्पन्न गर्नका लागि आफुहरु निरन्तर प्रयासरत रहेको बताए । खादिङ गाउँमा उक्त विद्यालय निर्माण गर्नका लागि तमु धी युकेले आर्थिक सहयोग गरेको छ भने पाहार ट्रस्ट नेपालको प्राविधिक सहयोग रहेको छ । सो विद्यालय भवन निर्माण गर्नको लागि तमु धी युकेको ५० लाख र स्थानीयको जनश्रमदान गरि करिब ६० लाखको लागतमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको तमु धी युकेका सल्लाहकार जुमकाजी गुरुङले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक निरबहादुर गुरुङले गरे । कक्षा ८ सम्म पठनपाठन हुदै आएको विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको छ । गत मार्च २५ तारिखमा विद्यालय पुनः निर्माणको सहयोगार्थ तमु धी युकेले आयोजना गरेको च्यारिटी डिनरमा ३२ लाख रुपैया संकलन भएको थियो ।

कार्यक्रममा तमु धी युकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, राजु गुरुङ, जुमकाजी गुरुङ तथा उपाध्यक्ष द्वय नन्दजङ गुरुङ र हितकाजी गुरुङ वरिष्ठ फोटोग्राफर मिलन तमु, तमु धी युकेका सदस्य भिम गुरुङ लगायतको सहभागिता रहेको थियो । भौगोलिक रुपमा अत्यन्तै विकट ठाउँमा रहेको खादिङ गाउँ समुन्द्री सतहदेखी २०४० मिटरको उचाईमा रहेको छ । १८० घरधुरी रहेको खादिङमा गुरुङ जातिको बाहुल्य रहेको छ । तमु धी युकेको टोलीलाई खादिङ बासीले फुलमाला खादा र प्राचीन मारुनी नाचले स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!