माघे सकराती मनाइयो

SHARE:

लन्डन । मगर संघ युकेको युनाइटेड हेमसायर सर्रे बक्सायर शाखाले माघे सकराती चाड भव्यताका साथ मनाएको छ । शाखाका अध्यक्ष लेखबहामदुर रानाको अध्यक्षतामा सो कार्यक्रम सफल भएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथिमा मगर संघका उपाध्यक्ष अनिता राना, विशेष अतिथि नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी, एनआरएनए आइसिसि सदस्य, युरोप नेपाल संयोजक मगर संघ युकेका सल्लाहकार शान्ति थापा कुँवर, केन्द्रीय मगर संघ युके कोषाध्यक्ष नेत्र आले, स्वीन्डन शाखाका उपाध्यक्ष कुमार राना, ले.क. याम राना तथा श्रीमती, मेजर देबेन्द्र आले तथा श्रीमती, निवर्तमान अध्यक्ष कुलबहादुर थापा तथा श्रीमती, निवर्तमान अध्यक्ष दुतबहादुर पुन तथा श्रीमती, युएचएस शाखाका संस्थापक अध्यक्ष सुनिल राना निवर्तमान अध्यक्ष ताम धेगा साथै विभिन्न विशिष्ट ब्यक्तिहरु सल्लाहकारहरु लगायत चार सयभन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रम तीन चरणमा भएको थियो । पहिलो चरणमा पितृ पूजा संस्थाका पूर्वउपाध्यक्ष ओम थापा तथा उनको समूहबाट परापूर्वकालदेखि चल्दै आएको बिधिअनुसार पितृको नाममा बत्ती बालिएको थियो । पुजारी ओम थापाले माघे सकरातीको बारेमा जानकारी दिएका थिए ।

दोस्रो चरणमा प्रमुख अतिथि अनिता राना, सल्लाहकार वरिष्ठ नागरिक हरिबहादुर थापाका साथमा अन्य ब्यक्तिहरुबाट दीप प्रज्वलन गरिएको थियो । जस्मा गुल्मेली नौमती बाजाको बेजोड धुनको साथ रहेको थियो ।

उपाध्यक्ष नरेश थापाले स्वागत मन्तव्य दिएका थिए भने प्रमुख अतिथि राना र विशेष अतिथि खपाङ्गीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा यसवर्ष जिसिएससी, ग्राजुएसन र मास्टर्स गरेका बिद्यार्थीहरुलाइ प्रोत्साहन सम्मान गरिनुका साथै नयाँ आजीवन सदस्यहरु र विशेष योगदान दिने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तेस्रो चरणमा नेपालबाट आएकी कलाकार शिला गुरुङ र मनसुदन थापाको दोहोरी घमासानले सबैलाई नचाउन सफल भए । अर्का स्थानीय कलाकार वीर बहादुर थापाले सदाबहार गीतहरु, तुलसी राना र उनको बाध्यवादन समूहले सबैलाई मन्त्रमुग्ध पारेका थिए । स्थानीय कलाकार तारा गर्बुजा, गीता पाइजा, मेरिन पाइजा, कल्पना थापा, मुना थापा, अस्मिता थापा, दृष्टि पुर्जा, मुना घले, बिमला गर्बुजा, सुरक्षा राना, मेलिना राना, विपना पुन र रैसा रानाले कौडा साथै मौलिकता झल्काउने नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै लेखबहादुर राना, नरेश थापा, ओम थापा, छविमाया पुन र गोमा रानाको सोरठी नाच दर्शकका लागि थप आकर्षण बनेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!