नेपालका थकाली

SHARE:

 गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार थकाली जातिको जनसंख्या महिला ७ हजार ५८ जना र पुरुष ६ हजार १ सय ५७ जना गरी जम्मा १३ हजार २ सय १५ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार थकाली जातिको जनसंख्या महिला ७ हजार ८९ जना र पुरुष ६ हजार ६ सय ४२ जना गरी जम्मा १३ हजार ७ सय ३१ जना रहेका छन् । त्यस्तै राष्ट्रिय जनगणना २०५८ अनुसार थकाली जातिको जनसंख्या जम्मा १२ हजार ९ सय ७३ जना रहेका छन् ।

यसरी १० वर्षको अवधीमा नेवार समुदायको जनसंख्या २ सय ४२ जनाले मात्र बृद्धि भएको देखिन्छ । नेपालमा भएको उन्नानसाठी जनजाति मध्ये शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा अरु जनजाति भन्दा माथि रहेकोले नेपाल सरकारले थकाली जातिलाई उन्नत समूहमा सूचीकृत गरेको छ । नेपालको मुस्ताङ जिल्लाको थाकखोला मुख्य बसोबास भएको जाति हो थकाली । सायद थाकखोलामा पुस्तौसम्म बसोबास भएर नै होला त्यही ठाउँको नामबाट थकाली जातिको नामाकरण भएको पनि । थकाली जातिले आफ्नै जातको भाषा बोल्छन् । जसलाई टिबेटोबर्मन परिवारको भाषा भनिन्छ । थकाली जातिले बोल्ने भाषा गुरुङ र तामाङसंग मिल्दोजुल्दो रहेको पाइन्छ ।

थकाली जाति धार्मिक दृष्टिकोणले बौद्ध धर्म मान्ने गर्दछ । उनीहरु गुम्बामा गएर पूजाआजा गर्ने गर्दछ । पर्वहरु पनि भेला भएर मनाउने गरेको पाइन्छ । ल्हाफेवा थकाली जातिले विशेष चार्ड हो । यो चार्ड उनीहरु बाह्र वर्षमा एक पटक मनाउँछ । यो चार्डमा उनीहरु कुलपूजा, कुमार केटाहरुको जात्रा र पितृहरुको पूजा गर्दछ । कुमार केटाहरुको जात्रा पाँचदेखि आठ वर्षको केटाहरुलाई धनुकाँड हान्ने र घोडा चढने जस्ता खेलहरु समेत आयोजना गरी चार्ड मनाउने गरेको देखिन्छ । ती केटाहरुलाई गीत गाउँने र नाच्ने सिप सिकाउने चलन हुन्छ । तर सिप सिकाउँदा पनि धार्मिक विधिपूर्वक नै गर्दछ ।

थकाली समुदायमा सहगोत्रमा विवाह गर्ने चलन छैन । शेरचन, भट्टचन, तुलाचन र गौचन गरी चार थरभित्रमा बिहे गर्दैनन् । गुरुङ, तामाङ र मगर जातिमा भैm थकाली जातिमा पनि फुपु र मामाको छोरा र छोरी बीचमा बिहे गर्ने चलन परम्परादेखि चलिआएको चलन हो । उनीहरु त्यस चलनलाई कायमै राखेको देखिन्छ । थोरै जातिमा मात्र यस्तो चलन छ जो थकाली जातिमा देखिन्छ । उनीहरुको भाषामा केटी छोत्ने विवाह भन्छ जसलाई अपहरण विवाह भनिन्छ । यो अपहरण गरी बिहे गर्ने चलन अनुसार मेलापात, पानीधारा र जात्रा पर्वको बेलामा केटीलाई एक्लो पारी केटाहरुले जबरजस्ति उठाएर केटाको घरमा लाने गर्दछ । अनि केटीलाई दुई चार दिन केटाको घरमा थुनेर राखेपछि केटीको बावु आमाकोमा गई कुरा मिलाएपछि बिहे गरीदिने गर्दछ । देख्दा यो विवाह अपहरण खालको देखिएता पनि उनीहरुले थकाली जातिमा भएको बिहेको परम्परागत चलनलाई कायम राखेको मात्र हो । जब केटा र केटीको बावु र आमाको मन बुझिसकेपछि मात्र विधि पु¥याउनको लागि गरिएको नाटक मात्र हो । किन भने केटा र केटी मन परापर नभएसम्म र बावु र आमाहरु बीचमा कुरा नचलेसम्म यसो गरिदैन । परम्परागत चलनलाई मौलिक चलनको रुपमा कायम राख्नको लागि मात्र थकाली जातिमा यो विवाहको संस्कारलाई थामेका हुन ।

थकाली जाति बौद्ध धर्म मान्ने भएकोले जन्मदेखि मृत्यससम्मको संस्कारहरुमा लामाबाट सम्पन्न गर्ने गर्दछ । थकाली जातिको मानिस मरेपछि गाड्ने र जलाउने दुबै प्रक्रिया अनुसार अन्तिम संस्कार गर्दछन् । गाड्ने वा जलाउने भन्ने निर्णय लामाको हुन्छ । मृत्यु कार्यको अन्त्येष्टि बौद्ध धर्मको मूल्य मान्या अनुसार सम्पन्न गर्ने गरिन्छ ।

सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!