घुस्तुङ्गमा सराइँ मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, पर्यटन विकासमा जोड

SHARE:

सञ्जय सिञ्जाली मगर,

पाल्पा । रिब्दीकोट गाउँपालिका–६, घुस्तुङ्गमा बडादसैँ–२०८३ को अवसरमा शुभकामना आदानप्रदानसँगै सराइँ मेला तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

“सुन्दर घुस्तुङ्ग समृद्धिका आधार, पर्यटन विकासका पूर्वाधार” भन्ने मूल नारासहित कालिका मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट–६ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई रिब्दीकोट गाउँपालिका–६ नं. वडा कार्यालयले प्रायोजन गरेको थियो।

आयोजकका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष पनि हिन्दु परम्पराअनुसार सराइँ मेला आयोजना गरिएको हो। सराइँ नाचमार्फत स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा डा. माधव थापा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। जगबहादुर गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक बुद्धबल खाम्चाले स्वागत मन्तव्य राखेका थिए भने डी.बी. उच्चेले कार्यक्रम सञ्चालन गरेका थिए।

सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक पुष्कल शर्मा, रितु थापा मगर, गायिका तुलसा गाहा मगर तथा गायक एवं उद्घोषक रुपेश कार्कीले प्रस्तुति दिएका थिए। साइनिङ स्टार कला केन्द्रको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै घुस्तुङ्गको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने स्थानीयको विश्वास छ। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!