स्पेन । स्पेनको टोलेडो प्रान्तस्थित उर्दा क्षेत्रमा बुधबार बिहान दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्।
रोयटर्सका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेअघि भएको दुर्घटनामा रेलका दुईवटा डिब्बा लिकबाट बाहिरिएका थिए। घटनालगत्तै उद्धारकर्मी, प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरी घाइतेको उद्धार र उपचार सुरु गरिएको छ।
दुर्घटनापछि राजधानी म्याड्रिडलाई दक्षिणी अन्डालुसिया क्षेत्रसँग जोड्ने रेलमार्गमा सेवा स्थगित गरिएको रेल पूर्वाधार सञ्चालक एडिफले जनाएको छ। यसबाट उक्त मार्गमा यात्रा गर्ने यात्रुहरू प्रभावित भएका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् भने मृतक तथा घाइतेको यकिन विवरण संकलन भइरहेको छ।






