लन्डन । ‘द भ्वाइस अफ नेपाल सिजन ७’ की विजेता निता कुमारी थापा मगरको बिदाइ कार्यक्रम यही शुक्रबार बेलायतको अल्डरसटमा आयोजना हुने भएको छ।
३० अक्टोबर २०२६ मा साँझ ६ बजेदेखि द प्यालेस रेस्टुरेन्ट अल्डरसटमा कार्यक्रम आयोजना हुन लागेको हो। थापा मगरले बेलायत बसाइका क्रममा प्राप्त माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आफ्ना अग्रज, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेकी छन्।
उनले बेलायत बसाइका मीठा सम्झना सँगाल्दै आयोजना गर्न लागिएको बिदाइ कार्यक्रममा शुभेच्छुकहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष र यादगार बनाउने विश्वास व्यक्त गरेकी छन्। उनले आफ्नो बिदाइ कार्यक्रममा उपस्थित भई माया, आशीर्वाद तथा शुभकामना प्रदान गरिदिन सबैमा आग्रहसमेत गरेकी छन्।






