ताप्लेजुङ यूके युवा समाजद्वारा क्यान्सर तथा मृगौलापीडितलाई १ लाख ६० हजार सहयोग

SHARE:

लन्डन । ताप्लेजुङ यूके युवा समाज यूकेले ताप्लेजुङका क्यान्सर तथा मृगौलापीडितसहित तीन जनालाई एक लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपैयाँ तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही ४० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

मादेनको मेरुदण्डमा समस्या देखिएपछि हाल काठमाडौँमा उपचार भइरहेको छ । त्यस्तै, मिङमा खाङ्डु मृगौलासम्बन्धी समस्याबाट पीडित छिन् भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहेका छन् । सहयोग रकम समाजका महासचिव लिङ्खिमले बिरामीका आफन्त तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको यस समाजले हालसम्म ४६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको महासचिव लिङ्खिमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!