विमल गुरुङ कृति पुरस्कार ‘लाहुरेनी सौन्दर्य’ र ‘मध्यको उज्यालो’ लाई

SHARE:

सुनसरी । कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुस्तकालयका अनुसार पुरस्कारको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ । पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारद्वारा नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएका थिए ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिनेछ ।

सोही अवसरमा पुस्तकालयले यसअघि छनोट गरेका उत्कृष्ट १० कवितामध्येबाट तीन विजेतालाई पनि पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु २१ हजार रु १८ हजार र रु १७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी, पुस्तकालयले यस वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) सुनसरीका संवाददाता सङ्गीता राईलाई प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

महोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ शीर्षकको कविता सङ्ग्रह लोकार्पण गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!