एनआरएनएका पदाधिकारी र श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाबीच भेटघाट

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरू र परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सहसचिब पुष्पराज भट्टराईबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ।

छलफलका क्रममा एनआरएनएको आगामी डिसेम्बर र जनवरीमा हुने सम्मेलनहरु, एनआरएनए डेभलपमेन्ट फन्डको पछिल्लो प्रगति तथा गैरआवासीय नेपाली नागरिकताको वर्तमान अवस्था र कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको एनआरएनए सचिवालयले जनाएको छ । विशेषगरी गैरआवासीय नेपाली नागरिकतामार्फत प्राप्त संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन, त्यससँग सम्बन्धित कानुनी तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।

कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, महासचिव डा. चिरञ्जीवी खड्का, उपमहासचिव दिनेश घिमिरे, उपमहासचिव दिपक ओली,प्रमुख संरक्षक डा बद्री केसी, सल्लाहकार डा पुरु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, एनआरएनए डेभलपमेन्ट फन्डका सीईओ अनलराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा गैरआवासीय नेपालीका हकहित र सरोकारका विषयमा निरन्तर समन्वय, सहकार्य तथा आवश्यक पहल जारी राख्ने विषयमा जोड दिइएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!