काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका ईशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ईशान र संस्थाका निर्देशक राजन खकुरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए ।
चन्दले यस्तो सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ईशानले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा संस्थालाई धन्यवाद दिए ।






