नेपालको केही जनजातिहरुमा अन्धविश्वास

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

व्यासी जातिमा अनौठो अन्धविश्वास रहेको पाइन्छ । उनीहरु शनिबार घरबाट निस्कने काम प¥यो भने मंगलबार घरमा बस्नु हुदैन भन्ने गर्दछ । महिलाले हलो जोत्नु हुदैन, एकै दिन घरबाट दुई जना बाहिर परदेश जानु हुदैन भन्ने गर्दछ । यतिसम्म उनीहरु विश्वास गर्छन की एउटै भाँडामा राखेको पानीले मामा र भान्जाले हात धुदैनन् । उनीहरु पानी नपरेर खडेरी लाग्यो भने मन्दिरमा गएर फोहर गर्छन । मन्दिरमा फोहर गरिदिँदा देवता रिसाएर पानी पारिदिन्छन् भन्ने गर्दछ । उनीहरु घरबाट बाहिर कतै जाँदा बाटोमा विरालोले बाटो काटेमा, स्याल कराएको सुनेमा, पूmटेको भाँडो देखेमा र विधवा महिला देखेमा वा भेटेमा, कपाल काटदै गरेको र लुगा धुँदै गरेको देखेमा त्यसलाई अशुभको संकेत मान्दछ । उनीहरु कसैले आफ्नो घरको दूध र दही अरुलाई दिनु परेको खण्डमा कोइला वा हरियो पात हालेर मात्र दिने गर्दछ । भूतप्रेतले नसताओस् भनेर घरका कोही विरामी भएको बेलामा ढोकामा खुकुरी, तरबार र बञ्चरो राखीदिन्छन् । अनि भूतप्रेत विरामीको छेउछाउमा नपरोस भनेर विरामीलाई चौरी गाईको पुच्छरबाट बनेको डोरीले विरामीको कम्मरमा बाँधिदिने गर्दछ । कतै सर्प र भ्यागुता लड्दै गरेको देखेमा मान्छे मर्छ भन्छन् । त्यस्तै चेपाङ जातिमा पनि व्यासी जातिमा जतिकै अन्धविश्वास रहेको पाइन्छ । उनीहरु किचकिन्नी हुन्छ भन्ने विश्वासमा रहेका छन् । काठमाडौमा धेरै किचकिन्नी हुन्छ र त्यहाँ जाँदा खान्छ भन्ने डरका कारण चेपाङ जातिका मान्छेहरु त्यतिका साह्रो काठमाडौ ओहोरदोहोर गरेको पाइन्न ।

थारु जातिका मान्छेहरु भूतमा बढी विश्वास गर्दछ । तराईमा पानी परेन र खडेरी लाग्यो भने थारु जातिको महिलाहरुले राती नाङगै भएर हलो जोतेमा पानी पर्छ भन्ने विश्वासका कारण उनीहरु हलो जोत्ने गर्दछन् । वर्षा याममा पानी परेन भने उनीहरुले छानेको गाउँको मुखियालाई रुखमा बाँधेर पिटेमा पानी पर्छ भन्ने विश्वासका कारण उनीहरु त्यो काम गर्न पनि पछि पर्दैनन् ।

गुरुङ जातिमा आफ्ना घर वरिपरिका डाँडाकाँडा र नदीनालाहरुलाई प्राकृतिक रक्षकको रुपमा मान्दै पशुहरुको रगत चढाउने गर्दछ । देवतालाई बलीदिएको पशुको कलेजो हेरेर गुरुङहरुले राम्रो र नराम्रो हुने छुट्याउने गर्दछ ।
त्यस्तै धिमाल जातिहरु अन्धकाली देवतालाई पूज्यो भने आँखा दुख्ने, आँखामा पूmला नपर्ने र पाक्ने रोग लाग्दैन भन्नेछ । सोझीकाली देवतालाई पूजेमा पेट दुख्ने लाग्दैन र चाम्सारी भन्ने देवतालाई मानमनितो गरेमा झाडापखाला लाग्दैन भन्ने विश्वास गर्दछ । यतिसम्म की धिमालहरु जग्गा किनबेच गर्दासम्म देवीदेवता लाग्छ भन्ने गर्दछ । अर्को उनीहरु ग्राम देवता भन्नेलाई अझ मान्ने गर्दछ । जसलाई राम्रो मान्यो भने गाउँलेलाई महामारी हैजाबाट जोगाउँछ । आगलागी हुन दिदैन । खडेरी लाग्नबाट जोगाउँछ । अतिबिृष्टि र अनाबृष्टि, बाढी पहिरो र अनिकालबाट समेत देवताले बचाउँछ भन्ने लाग्छ उनीहरुलाई । देवतालाई राम्रो पूजेमा सहकाल ल्याइदिन्छ । निसन्तान हुनेहरुलाई सन्तानको लाभ हुन्छ भन्नेसम्मको विश्वास गर्दछ ।
अन्धविश्वासमा राजबंशी जातिमा पनि त्यति कै अगाडि देखिन्छ । उनीहरु घरबाट कतै काम परेर निस्कदा बाटोमा सर्प वा विरालोले बाटो काट्यो, बाटोमा कसैले बाँस काट्दै गरेको देख्यो, बाटोमा बाँस तेर्सिराखेको भेट्यो वा कसैले कोदालो बोकेर फर्कदै गरेको मान्छे भेट्यो भने नराम्रो हुन्छ भन्ने विश्वासका कारण उनीहरु त्यो देख्ने वित्तिकै घर फर्कने गर्दछ । राजंशी जातिमा बिहे गरेको नयाँ बुहारीले पहिलो साउन महिनामा घरमा सासुसंग र भदौ महिनामा लोग्नेसंग बस्नु हुदैन भन्ने अन्धविश्वासका कारण माइत जानु पर्छ भन्ने रहेको छ । धेरै जसो मान्छेहरुलाई विगतमा भएको अन्धविश्वासका कारणले ऐलेसम्म जरो गाडेको देखिन्छ । उनीहरु पहिले जे थियो ऐले पनि त्यसैलाई निरन्तरता दिइरहेको पाइन्छ । अन्धविश्वासका कारणले धेरै जनाको ज्यान जाने सम्भावनाहरु जनजातिहरुमा धेरै देखिन्छ ।

सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!