माइग्रेन

SHARE:

नगेन्द्र नेम्वाङ
टाउकोको आधा भागमात्र असहज तरिकाले दुख्नुलाई माइग्रेन भनिन्छ । माइग्रेन केही दिन बिराएर वा महिना दिनमा बल्झिने गर्दछ ।
लक्षणः आधा टाउको दुख्नु, वाकवाकी आउनु, वान्ता हुनु, चर्को आवाज र प्रकाशसमेत असह्य हुनु ।

कारणः शरीरमा विकारहरु जन्नु, कब्जियत, असन्तुलित आहार–विहार, शारीरिक तथा मानसिक तनाव र महिनावारी गड्वडी ।
उपचारः खानपानमा सुधार, आराम, व्यायाम जोड्दै प्राकृतिक जीवनशैली अपनाउने हो भने माइग्रेनबाट छुट्कारा पाउन सकिन्छ ।
भोजनः शाहाकारी भोजन गर्नु माइग्रेनमा लाभदायक मानिन्छ । मौसम अनुसारका तरकारी र सलादहरु खनु पर्दछ ।

दुध नहालेको खादा कफी लाभदायक हुन्छ । खुर्सानी पानी पिउनाले दुखाई कम गर्दछ । रातीको खाना ढिलो खानो बानी हटाउनु पर्दछ । मसालेदार तेलमा तारेको, भुटेको, बजारमा तयार पारिएको खानाहरु खान बन्द गर्नुपर्दछ । चिल्लो, चिप्लो, बोसो साथै शिसीमा तयार पारिएका पुराना आचारहरुको सेवन बन्द गर्नु पर्दछ ।
प्राकृतिक भोजनका साथै योग ध्यान, प्रणायामको अभ्यासद्वारा पनि यो रोगबाट छुट्कारा पाउन सकिन्छ । योग ध्यानको अभ्यासले शारीरिक तथा मानसिक सन्तुलन कायम गरि तनाव कम गराउँछ र यसले स्वस्थ बन्न सघाउँछ ।

अन्य उपचार–
कब्जियत, महिनावारी समस्या, कान, नाक घाँटीको समस्या भए तुरुन्तै उपचार गराई हाल्नुपर्दछ दैनिक केही समय हरियो दुवोमा खाली खुट्टा हिड्ने, बगैचामा काम गर्ने, एयर कन्डिशन लगाएको कोठामा लामो समय नबस्ने ।
ठीक समयमा सुत्ने र उठ्ने बानी बसाल्नु पदर्छ । जीवनका समस्याहरु देखि नडराई त्यसको सदुपयोग गर्ने वा त्यसलाई स्वीकार गर्ने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!