काठमाडौं । आदिवासी जनजाति आन्दोलनका अभियन्ता, लेखक तथा नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्ष तथा लेखक मोहन गोले तामाङका दुई पुस्तक एकैदिन लोकार्पण हुने भएको छ ।
गोलेद्वारा द्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक शुक्रबार एक समारोहबीच सार्वजनिक गरिन लागेको हो । पुस्तक लोकार्पणका लागि कात्तिक २७ गते (नोभेम्बर १३)मा काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा दिउँसो १२ देखि २ बजेसम्म समारोह आयोजना गरिने आयोजक ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले जनाएको छ ।
समारोहमा पूर्वराजदूत डा.गणेश योञ्जन तामाङ, समाजशास्त्री डा.मुक्त सिंह लामा, विश्लेषक युग पाठक, भाषाविद् अमृत योञ्जन तामाङ र साहित्यकार तथा समालोचक कुमारी तामाङ वक्ताका रूपमा सहभागी हुनेछन्।







