यूके, नेपालमा सक्रिय पुन मगर समाजले म्याग्दीमा २४ नोभेम्बरमा संयुक्त रूपमा कुलपूजा आयोजना गर्दै

SHARE:

लन्डन । पुन मगर समाज यूके, नेपाल पुन मगर समाज केन्द्र, नेपाल पुन मगर समाज म्याग्दी र नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिकाको संयुक्त संयोजनमा म्याग्दीमा ‘कुलपूजा २०८३’ आयोजना हुने भएको छ।

यही मंसिर ८ गते (२४ नोभेम्बर)मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मूल करबाके बाबा कुल थान (पुर्ख्यौलीस्थल)मा कुलपूजा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा पुन मगर समुदायको परम्परा, संस्कार र धार्मिक आस्थासँग जोडिएको कुलपूजा तथा हेपाच्ची (सामूहिक पूजा–आराधना) गरिने आयोजकले जनाएको छ।

कुलपूजाका अवसरमा कुल देवताको प्रसाद वितरण, कुल तथा कुल मेलासहित विविध धार्मिक गतिविधि सञ्चालन गरिने कार्यक्रम रहेको छ। आयोजकले सम्पूर्ण मूल करबाके बाबा, कुल जेठा, रायचन, कान्छा कुलवालगायत परिवारका सदस्यहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित भई हेपाच्ची अर्थात् सामूहिक पूजा–आराधनामा सहभागी हुन आग्रह गरेको छ। साथै दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, कुलकुटुम्ब तथा छोरी–चेली र बटुवाहरूलाई समेत कार्यक्रममा सहभागी भई कुल देवताको प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिएको छ।

कुलपूजामा सहभागी हुन सम्पूर्ण कुल सदस्य, शुभचिन्तक तथा सहयोगीहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रममार्फत पुन मगर समुदायको परम्परा, संस्कृति र एकतालाई थप सुदृढ बनाउँदै कुल धर्मको सम्मान तथा संरक्षण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!