लन्डन । सहारा यूकेले १५औं वार्षिक च्यारिटी डिनर आयोजना गर्ने भएको छ । संस्थाले यही नोभेम्बर २१ (शनिबार) बेलायतको अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर आयोजना गर्न लागेको हो ।
साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिएका छन् । कार्यक्रममा सहारा यूके अवार्ड तथा बधाई कार्यक्रम, स्वागत तथा धन्यवाद ज्ञापन र आकर्षक पुरस्कारसहितको र्याफल ड्र आयोजना गरिने जनाइएको छ ।
कार्यक्रममा गायिका पवित्र गुरुङ र प्रिया गुरुङले विशेष सांगीतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ४५ पाउन्ड टिकट शुल्क निर्धारण गरिएको छ । कार्यक्रमबारे थप जानकारी तथा टिकट बुकिङका लागि संस्थाका अध्यक्ष शारदा गुरुङ, उपाध्यक्ष पिताम्बर गुरुङ र महासचिव प्रकाश गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।






