तामाङ सुन्दरी पोखराको उपाधि कुसुमलाई

SHARE:

चिप्लेढुङ्गा । राष्ट्रिय गानको एक अंश ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल’ ले के पुष्टि गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जित्तै पोखरा बिरौटाकी कुसुम तामाङले ‘तामाङ सुन्दरी पोखरा’को उपाधि जित्न सफल भएकी छन् । उनलाई प्रमुख निर्णायक पाइलट विजय लामाले प्रश्न सोधेका थिए । विजेता कुसुम यससँगै उत्कृष्ट व्यक्तित्व उपाधि पनि हात पार्न सफल भइन् । उनले रु ५० हजार, ताज, ट्रफी र प्रमाणपत्रका साथै म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गरेकी छन् । त्यसैगरी नालामुखकी प्रीति तामाङले उत्कृष्ट आत्मविश्वासी उपाधिसँगै ‘फस्ट रनरअप’ भएर रु ३० हजार सहित ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

रामेछापकी सजना वाइवा उत्कृष्ट प्रतिभा उपाधिसँगै ‘सेकेण्ड रनरअप’ बन्न सफल भइन् । उनले रु २० हजार, ताज, ट्रफी र प्रमाणपत्र हात पारिन् । लामागाउँकी श्वेता पाख्रिनले लोकप्रिय उपाधिसँगै ‘भ्युवर्स च्वाइस अवार्ड’(दर्शक छनोट सम्मान)वापत रु १५ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा देशभरबाट तामाङ समुदायका १४ युवती सहभागी थिए । बैदाम तामाङ समाज पोखराको आयोजनामा दुई लाख ८५५ औँ सोनाम ल्होछारका
अवसरमा आयोजित ल्होछार सङ्गीत उत्सव तथा तामाङ सुन्दरीका निर्णायकमा कलाकार विजय लामा, नेपालका पहिलो अन्तर्राष्ट्रिय मोडल कोरियोग्राफर प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्रशासकीय अधिकृत रजनी केसी, तामाङ सुन्दरीका संयोजक रञ्जिता लामा र गायक–सङ्गीतकार श्यामसुङ तामाङ रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!