अशिक्षित ठाउँमा शिक्षाको खोजी

SHARE:

जयराम तामाङ
स्वीन्डन, युके । संसारको जुनसुकै ठाउँमा गए पनि शिक्षाको अति नै महत्वपूर्ण हुन्छ । शिक्षाबिना देश चल्न असम्भव जस्तै हुन्छ । शिक्षा नै विकासको मेरुदण्ड हो । एउटा परिवारभित्र एक जनाको शिक्षाले धेरै फरक पार्दछ । शिक्षित बाबुआमाले आफ्ना छोराछोरीलाई पनि शिक्षित बनाउन चाहान्छन् तर कहिलेकाहीं त्यो लागू नहुन पनि सक्छ । कति मानिसहरुले आफू जुन पेसामा हुन्छ, छोराछोरीलाई पनि त्यही पेसामा लगाएको कयौ उदाहरण देख्न पाइन्छ ।

शिक्षा लिने, दिने तरिकाहरु विभिन्न छन् । कतै जबरजस्ती शिक्षा दिइन्छ भने कतै आफ्नो इच्छानुसार दिइन्छ । कतै मौखिकरुपमा मात्र शिक्षा दिइन्छ भने कतै अभ्याससहित । कतै सुनाएर मात्र शिक्षा दिइन्छ भने कतै चित्र अथवा चलचित्र
(भिडियो) देखाएर । कतै ईसाराले मात्र पनि शिक्षा दिइन्छ । चोर फटाहा आफूले नराम्रो काम गरे पनि आफ्नो छोराछोरीले भने राम्रै काम गरोस् भन्ने चाहन्छन् । कतिपयले कार्यालयमा दुनियाँसँग घूस लिँदै काम गरेपनि आफ्नो छोराछोरीलाई भने जति महँगो भए पनि राम्रै शिक्षा दिने ठाउँमा पढाँउछन् । तर, पनि आफ्नो बाबुआमाले गरेको प्रत्येक क्रियाकलापले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा राम्रो वा नराम्रो कुराहरुले असर गरेकै हुन्छ ।

शिक्षाले नै संसार बद्लिएको छ । शिक्षाले नै संसारका वैज्ञानिक, डक्टर, ईन्जिनियर, पाईलट, वकिल, प्रोफेसर अनि विशेषज्ञहरु जन्माए । जुनै देशमा पनि राम्रा र नराम्रा विचार बोकेका मानिसहरु हुन्छन् । जुन नै ठाउँको मानिस भए पनि नराम्रो काम गर्नेलाई पनि राम्रो र नराम्रो प्रस्टै थाहा हुन्छ तैपनि ती मानिसहरु गलत शिक्षाको कारणले गलत नै काम गर्न पुगिरहेका हुन्छन् । तर पनि प्रत्येकको भित्री आत्माले तैँले गलत काम गर्दैछस् भनिरहेको हुन्छ । उ कुलतमा फसेकोले गलत काम गर्नबाट बच्न असमर्थ हुन्छ । गलत काम गर्ने मानिस एक न एक दिन कानुनको फन्दामा पर्नेछ ।

यदि यो धर्तीमा कानूनको फन्दामा नपरे पनि स्वर्गको राज्यमा गएर भने त्यसको लेखा दिनु पर्नेछ । संसारका धनी धनी मानिसदेखि राजा राजकुमारहरु अनि रानी राजकुमारीहरु अध्ययन गर्न आउने संयुक्त अधिराज्यको कुनै कुनै सहरका केटाकेटीले भने संसारकै सबैभन्दा निच किसिमको शिक्षा लिइरहेका छन् । न त छिमेकीले सिकाए न त शिक्षकले सिकाए, सिके त आफ्नै घर परिवारबाट ।
प्रसंग भर्खरको हो, स्थानीय केटाकेटीहरुले म र मेरी छोरीमाथि गरेको दूव्र्यवहार हो । दस वर्षदेखि पन्ध्र सोह्र वर्ष उमेरका पाँच सात जना केटाकेटीहरुको जमातले विदेशीहरु हो भनेर चिनेपछि फोहोर शब्दहरु प्रयोग गर्दै माझी औँला देखाउँदै कारभित्र हात छिराएर तोडफोडका प्रयास गरे ।

कुनै भौतिक क्षति नभए पनि हाम्रो मनमष्तिकको भने ठूलै क्षति बनाएको छ । दोस्रो विश्वयुद्ध पछि स्थापना भएको मानव अधिकारको सबैभन्दा बढी चर्को कुरा गर्ने देश आफ्नो देशभित्र भएको स्वतन्त्र मानव अधिकारमाथि भएको हनन् भने देखे पनि नदेखेको जस्तै गरेका छन् । यस्तै किसिमको दूव्र्यवहारहरु प्रत्येक दिन भूतपूर्व नेपाली बेलायती सैनिकहरुमाथि भइरहेको छ ।

उनीहरुमाथि अण्डादेखि ढुङ्गासम्म बर्साउने काम भइरहेका छन् । छ देखि नौ दशकसम्म पार गरिसक्नुभएका वृद्धहरु भाषाको कमीले गर्दा न त प्रतिकार गर्न सक्छन् न त प्रहरीलाई खबर गर्न, निरिह भएर सहेर हिँड्नुबाहेक अरु उपाय नै देखिँदैन । यही देशको लागि कतिले वीरगति प्राप्त गरे भने कतिले आफ्नो ज्यानको बली चढाउँदै लडे । तर, त्यसको मूल्य अहिलेका उरन्ठेउलाहरुले बुझेन्न । विदेशीहरुप्रति बोल्ने चिप्लो भाषा एकातिर छन् भने व्यवहार धेरै फरक छ ।
मैले सबैजना यस्तो छन् भन्न खोजेको कदापी होइन । युरोपीयन युनियनबाट बाहिरिनु पर्छ भन्नेहरु एकाउन्न दशमलब नौ प्रतिशत थियो भने हट्नु हुन्न भन्नेहरु अठ्चालीस् दशमलब एक प्रतिशत थियो । यसको मतलब २०१६ को निर्वाचनअनुसार विदेशीहरुसँग मिलेर बस्नु पर्छ भन्नेहरु पनि त्यति कमी देखिँदैन । जब म र छोरीमाथि यस्तो व्यवहार भयो तब मैले भएका घटनाहरु सबै स्थानीय पत्रिका स्वीन्डन् एडभरटाइजमा छपाएपछि केही स्थानीयवासीहरुले चासो देखाउन थालेका छन् । हामीमाथि भएका कुनै पनि घटना उजागार गर्यौं भने त्यसले केही न केही रुप परिवर्तन हुनेछ ।

जुन ठाउँमा त्यो घटनाहरु भइरहेका छन् त्यही ठाउँमा मेरो पनि दश वर्षे छोराको लागी राम्रो शिक्षाको खोजी गरिरहेको छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!