स्रष्टाद्वय दानबहादुर र क्षेत्रबहादुर सम्मानित

SHARE:

पोखरा । हिमाली सांस्कृतिक परिवारले स्रष्टाहरु दानबहादुर गुरुङ र क्षेत्रबहादुर गुरुङलाई सम्मान गरेको छ । परिवारको २२ औं वार्षिकोत्सव अवसरमा लोकगायक क्षेत्रबहादुर गुरुङलाई नर–चेतन स्मृति पुरस्कार र कलाकार दानबहादुर गुरुङलाई रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार प्रदान गरेको हो । परिवारमा आबद्ध कलाकार नृत्य निर्देशक सनबहादुर गुरुङ र वाद्यवादक माधव गुरुङलाई परिवारद्वारा नगद ५ हजार र प्रशंसापत्रद्वारा सम्मान गर्‍यो । त्यस्तै, समाजसेवी नारायण गुरुङलाई समेत प्रशंसापत्रद्वारा सम्मान गर्‍यो । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उनीहरुलाई सम्मान गरेका हुन् । नर–चेतन स्मृति पुरस्कार राशि २५ हजार र ‘रुपेनबाबु’ स्मृति पुरस्कार राशि १० हजार साथमा दोसल्ला र सम्मानपत्र थियो ।

कार्यक्रममा उपकुलपति डा गुरुङले नेपालको लोक संस्कृति समन्वयात्मक रहेको बताए । यहाँको लोक संस्कृतिले नेपालीहरुलाई अलग हुन नदिएको प्राज्ञ गुरुङले प्रस्ट पारे । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की, सञ्चारकर्मी प्रकाश सायमी, सम्मानित व्यक्तित्व क्षेत्रबहादुर गुरुङलगायतले बोलेका थिए । परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनलाई परिवारले सम्मान गरेको थियो । शिक्षाविद् जर्ज जोनले संरक्षकद्वयलाई फेटा लगाउँदै दुबोको माला लगाएर सम्मान गरेका हुन् । यस्तै, परिवारलाई सहयोग गर्ने सहयोगदाता तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ र तमुधिं अमेरिकाका अध्यक्ष डम्मरजंग गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै, परिवारप्रति सहयोग पुर्‍याउँदै आएका सहयोगी दानबहादुर श्रीष, बाबुराम गिरी, विना गुरुङ, राजु गुरुङ, राजु कार्की, राजकुमार भण्डारी, गंगामोहन गुरुङ, कमला गुरुङ र पुरण गुरुङलाई सम्मान गरियो । परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!