सुरक्षा सबैको चासोको विषय हो । आफै नरहे के को स्टारडम, के को कमाई ? त्यसैले सेलिब्रेटीहरुको लागि सुरक्षा प्रमुख चासोको बिषय नै हो । त्यसैले बलिउडकर्मीले पनि आफ्नो सुरक्षाका लागि मोटो रकम खर्च गर्छन् ।
आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड (अंगरक्षक) राखेका छन् । त्यो पनि आकर्षक तलब दिएर। बलिउड सुपरस्टारका अंगरक्षकले वार्षिक साढे दुई करोड भारुसम्म परिश्रमिक लिने गरेका छन्। बलिउडका केही सेलिब्रेटीको सुरक्षमा खटिने अंगरक्षक र तिनले लिने पारिश्रमिकबारे चर्चा गर्नेछौँ ।
सेरा : बलिउड कलाकारको बडिगार्डको चर्चा हुँदा सबैभन्दा पहिले आउने नाम हो सेरा । सेरा सलमान खानका अंगरक्षक हुन्। सेराले लामो समयदेखि सलमानको सुरक्षा गर्दै आएका छन्। उनलाई सलमानले आफ्नो पारिवारको सदस्यको रुपमा लिएका छन्। सेराले सलमानको सुरक्षा गरेबापत वार्षिक दुई करोड भारु परिश्रमिक पाउँछन्।
रवि सिंह : रवि सिंह शाहरुख खानका बडिगार्ड हुन् । शाहरुखका अर्को बडिगार्ड यसिन खानले आफ्नै सेक्युरिटी कम्पनी खोल्ने भएपछि रवि सिंहले शाहरुखको सुरक्षा दिंदै आएका छन्। रविले वार्षिक साढे दुई करोड भारु शाहरुखको सुरक्षा गरेबापत पारिश्रमिक लिन्छन् ।
युवराज घोरपडे : बलिउडमा मिस्टर ‘पर्फेक्सनिष्ट’ को रुपमा चिनिने अमिर खानले आफ्नो सेक्युरिटी पनि पर्फक्ट राख्नु नै पर्यो। उनले युवराज घोरपडेलाई वार्षिक दुई करोड भारुमा आफ्नो सुरक्षार्थमा राखेका छन्।
जीतेन्द्र सिन्दे : ‘बीग बी’को उपनाम पाएका अभिनेता अमिताभ बच्चनका अंगरक्षक जीतेन्द्र सिन्देको वार्षिक तलब डेढ करोड भारु छ।
स्रिसे थले : बलिउड स्टार अक्षय कुमारका बडिगार्ड हुन् स्रिसे थले। अक्षयको सुरक्षा गरेबापत उनी वार्षिक एक करोड २० लाख भारु पारिश्रमिक लिन्छन्।
जलाल : बलिउड अभिनेत्री दीपिका पादुकोणको बडिगार्डको नाम जलाल हो। पादुकोणले आफ्नो बडिगार्डलाई सेलिब्रेटी समेत बनाइदिइन्। रक्षाबन्धनमा जलाललाई लगाइदिएको राखी सामाजिक सञ्जालमा दिपिकाले हालेपछि एकाएक भाइरल भएको थियो। जलालको वार्षिक तलब ८० लाख भारु छ ।






