डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी

SHARE:

उमेर बढ्दै जादा तथा डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । वैज्ञानिकहरूले यसको परीक्षण बूढा हुँदै गएका मुसामा गरेका थिए । परीक्षणमा उनीहरूको स्मरणशक्ति बढेको देखियो । मान्छेमा यसको परीक्षण छिट्टै गरिनेछ । प्रमुख अनुसन्धानकर्ता डा एटीन सिबलीका अनुसार, अहिलेसम्म डिप्रेसन र मानसिक कमजोरीका कारण घटेको स्मरणशक्ति फर्काउने कुनै औषधि छैन । नयाँ औषधि बेन्जोडायजेफीन ड्रगको एक प्रकार हो ।
भेलियमलाई डिप्रेसनको औषधिका रूपमा प्रयोग गरिन्छ र वैज्ञानिकहरूले यही भेलियमलाई थप राम्रो बनाएर औषधिको रूप दिएका हुन् । नयँ औषधिका रसायनहरूले स्मरणशक्ति घटाउने मस्तिष्कका कमजोर कोशिकाहरूलाई चिनेर उपचार गरिनेछ । डा. एटीनका अनुसार, ५५ देखि ६० वर्षको उमेरमा मानिसहरू ससाना कुरा भुल्न थाल्छन् र उनीहरूका लागि औषधिले फाइदा दिन्छ । दिनदिनै एउटा ट्याब्लेट लिनुपर्ने हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!