नृत्य चिकित्सा

SHARE:

नगेन्द्रराज नेम्वाङ ‘वागिस’

स्वस्थ शरीर, प्रफुल्ल मन आनन्द प्राप्त गर्ने माध्यमहरुमध्ये नृत्य पनि एक हो । हाँस्नु, गाउनु, योग, ध्यान र व्यायामबाट शारीरिक तथा मानसिक रुपमा जति नै स्वास्थ्यलाभ गर्न सकिन्छ । नृत्य कर्मबाट पनि त्यति नै स्वास्थ्यलाभ लिन सकिन्छ । नृत्य योग अभ्यासको एक अंग पनि हो ।

वैज्ञानिकहरु भन्छन्, ‘प्राय: मान्छे शारीरिक रुपमा रोगी, मानसिक रुपमा डिप्रेशन हुनुको मुख्य कारण भनेको आफूलाई मनमा लागेको कुराहरु खुलेर अरुको अगाडि बोल्न नसक्नु, अर्थात् लजाउनु, डराउनु हो ।’ नियमित रुपमा नाच्ने हो भने लजाउने र डराउने मानसिक समस्याबाट बच्न सकिन्छ साथै शारीरिक व्यायाम पनि हुने भएकोले शरीर रोग लाग्नबाट पनि बच्ने नै भयो । शरीरलाई व्यायाम हुनेबित्तिकै हाम्रो मस्तिष्कबाट एन्डरफिनजस्ता न्यूरो केमिकल रिलिज हुन्छ । जसले मनमा आनन्द र प्रफुल्ल प्रदान गर्छ । परिणाम स्वरुप शारीरिक, मानसिक, सामाजिक र व्यक्तित्व विकासमा पनि सकारात्मक परिवर्तन आउने गर्दछ ।

नाच्ने कुरा त भयो । नाच्न जान्नेलाई त सजिलै होला, नाच्न नजान्नेलाई कसरी नाच्ने प्रश्न उठ्ला । तर, केही गर्नु पर्दैन हातखुट्टा हल्लाउने र कम्मर मर्काउने मात्र हो । सुरु सुरुमा त अरुको कपी गर्ने हो । यही कार्यलाई तीन महिनासम्म निरन्तर अभ्यास गर्ने हो भने कतिपय सानातिना शारीरिक रोग तथा मानसिक समस्याहरु सजिलै निको हुने विज्ञहरु बताउँछन् ।

वृद्धवृद्धाहरुका लागि त नाचगान अभ्यास बरदानस्वरुप नै मानिन्छ किनभने यसले शक्ति बढाउनुको साथै बुढेसकालमा हुने सामाजिक र मानसिक व्यथाबाट समेत उनीहरुलाई टाढा राख्छ । साथै, अन्य परिवारका सदस्यसँग किचकिच गर्नुको साटो सकारात्मक भावनाहरु झल्किन थाल्दछ । एन्डरफिन्सजस्ता केमिकलकै कारण बुढेसकालको शरीर दुखाई एवं मनको अशान्ति मेटिन्छ । शारीरिक रोग तथा मानसिक समस्याबाट मुक्त रहन साथै परिवारमा आमूल परिवर्तनका लागि के बुढा, के बच्चा सबैका लागि एउटै औषधि हो ‘नृत्य चिकित्सा’ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!