जीवन एक सपना

SHARE:

नगेन्द्रराज नेम्वाङ
आजभन्दा करिब २ दशक अगाडि जिन्दगी बदल्ने खोजको क्रममा हराभरा प्रकृतिको मनोरम दृश्य र स्वच्छ वातावरण रहेको मनोक्रान्ति गुरुकुल गोदावरीमा पुग्ने अवसर मिलेको थियो ।

शनिबारको दिन थियो । गुरु डा. योगी बिकाशानन्दज्यूले ‘जीवन एक सपना’ भन्दै प्रवचन दिनुभएको थियो । उहाँले ‘८० बर्ष बाँच्नु भनेको ८० घण्टा सुत्नु हो । अल्पायुमा मृत्यु हुनु भनेको जीवन पीडादायिक हुन्छ । जीवनमा केही पनि थाहा हुँदैन । जीवन एक सपना हो’ भन्नु भएको थियो ।

थाहा हुँदैन राम्रै कुरा हो । मान्छेको मृत्यु एक दिन अवश्य हुन्छ । तर, त्यो कुन दिन हो हामीलाई थाहा हुँदैन, थाहा नभएपछि आनन्दले बाँचिन्छ । मृत्युको मिति थाहा हुने हो भने मनमा दुख शुरु हुन्छ । जस्तै, क्यान्सरको बिरामीलाई उदाहरण लिन सकिन्छ । डाक्टरले यो क्यान्सर हो, निको हुँदैन, दुखाई कम गराउने औषधी लिँदै मृत्युलाई पर्खने बाहेक अरु विकल्प छैन भन्यो भने सपनामा ब्युझें जस्तै जीवन झसंग हुन्छ । हामी सुतेपछि हाम्रो मनको अवस्था चेतन मनदेखि अवचेतन मनमा प्रवेश गर्छ । अवचेतन मनले देखेको चीजहरु सपनमा परिणत भइदिन्छ । कतिपय सपनाले सकारात्मक, नकारात्मक जस्तो भएपनि भविष्यमा हुनेवाला जीवनले भोग्नुपर्ने कर्मको संकेत पनि गरिहेको हुन्छ ।

सपनामा कुकुरले लेखेटी रहेको हुन्छ । भाग्न खोज्यो भाग्न सकिन्न । पीडादायक अवस्थाको समय झसंग ब्युझिंदा, शरीर कामिरहेको हुन्छ । यो त सपना पो रहेछ भनि व्युझेपछि थाहा हुने बित्तिक्कै मन शान्त भइदिन्छ ।
हामीमा कति मान्छे सपना देख्दै नदेख्ने । कतिपय सपना देखेर पनि व्युंझने बित्तिकै बिर्सिहाल्ने बानी पनि हुन्छ । यस्तो अवस्था देखिएमा अवचेतन मन निस्कृय छ भनि बुझ्नुपर्ने हुन्छ । अवचेतन मन, सक्रिय पार्नका लागि निरन्तर योग, ध्यान र साधनाको आवश्यकता पर्दछ । किनकी सपना भावना कल्पनामा मात्र आनन्द हुन्छ ।

सुत्नु अगाडि मन प्रफुल्ल खुशी र उमंगको साथ सुतियो भने सकारात्मक सपना देखिन्छ । सुत्नु अगाडि कसैसँग मनमुटाव, रिस, झगडा, बेखुशी भएर सुत्न पर्‍यो भने धेरै नकारात्मक सपना देख्नुका साथै ब्युँझिदा शरीर भारी हुने, आलस्य महसुस हुने गर्दछ ।

हाम्रो जीवन पनि बाँचुन्जेल स्वास्थ्य र आनन्द भई बाँच्ने हो भने अर्को जन्म पनि स्वास्थ्य भई आउने अरे, जिन्दगी रोगग्रस्त शरीर, पीडादायिक मानसिक तनाव लिएर मृत्यु भयो भने माथि उल्लेखित सपनामा ब्युझे जस्तै अर्को जन्ममा जन्म जातै प्यारालाईसेस, रोगी भएर हाम्रो जन्म हुन्छ अरे, यो भनाइ दार्शनिकहरुले दर्शाएको भनाइ हो । विश्वास लाग्नु नलाग्नु हामी आफैमा निर्भर हुन जान्छ । जीवनमा जति जति दुख आइ लाग्छ । जीवन एक सपना रहेछ भनि बुझ्नु पर्ने देखिन्छ । सपनामा कुकुरले लेखेट्दा व्युँझे जस्तै ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!