परिस्थिति र मनस्थिति

SHARE:

 नगेन्द्रराज नेम्वाङ
परिस्थितिले मनस्थिति जन्माउँछ । मनस्थितिले जीवन चलाउँछ । मनस्थिति बलियो भयो भने जीवन बाँच्न सहज हुन्छ । मनस्थिति कमजोर हुने बित्तिकै शरीरलाई रोग लाग्ने, मानसिक डर, त्रास र चिन्ता उत्पन्न हुन थाल्दछ ।

घर किन्दा वा नयाँ घर निर्माण गर्नुपर्दा सिटिङ्ग रुम र गोर्डेन पनि ठूलो भएको हुनुपर्दछ । जहाँ परिवारका सबै सदस्यहरु अटोस् भन्ने भनाइ दार्शनिकहरुको हो । घर साँगुरो भयो भने धेरै सामानहरु राख्नु मिल्दैन । थोरै समानले ठाउँ ओगटी दिन्छ । बिहान बेलुका दैनिक चलखेल गर्न असजिलो हुने गर्दछ । यो त भयो परिस्थिति । जस्तो परिस्थिति त्यस्तै मनस्थिति । कोठा साँगुरो भयो भने मन खिन्न हुन्छ । मन पनि साँगुरो हुदै जान्छ । कोठा, गार्डेनहरु ठूलो फराकिलो भयो भने मन मस्तिष्क पनि फराकिलो भई मनमा आनन्द शान्ति मिल्दछ ।

सिटिङ्ग रुम भरिने भनेको सजिसजावट सोफा, कुर्ची, कम्प्युटर, सोकेश, टेलिभिजन, नाना थरिका अनावश्यक सामाग्रीहरु नै हुन् ।
हाम्रो मन मस्तिष्कमा अनियन्त्रित अनावश्यक सोच विचारहरु फुरिएर भरिएको हुन्छ । यहि अनावश्यक विचारहरुले जिन्दगीलाई नरमाईलो महसुस गराई रहेको हुन्छ । विचारलाई नियन्त्रण गर्न सकिन्न, विचार महा शक्तिशाली हुन्छ । विचारलाई नियन्त्रणा गर्ने पनि आखिर विचार नै हो । विचार भनेको मन । मनको सम्बन्ध श्वासप्रश्वाससंग रहन्छ । त्यसैले दैनिक श्वासप्रश्वास प्रणायमको अभ्यासले विचारलाई नियन्त्रणामा ल्याई आनन्द प्राप्त गर्न सकिन्छ ।

अर्को उपाय भनेको परिस्थितिमा परिवर्तन ल्याउने कोशिष गर्न सकिन्छ । जस्तै हप्ता वा महिनामा एकपल्ट आप्mनो घर, कोठा, आँगन, गार्डेनबाट नचाहिने अनावश्यक सामाग्रीहरु जस्तै, पुराना जुत्ता कपडाहरु । जुन चिज दैनिक प्रयोगमा आउदैनन् । ती सामानहरु सबै फाल्ने हो भने केही हदसम्म मनस्थितिमा परिवर्तन आई आनन्द मिल्दछ ।
हाम्रो मन मस्तिष्कमा पनि पुराना सोचविचारहरु घरका सामानहरु फालेजस्तै, योग, ध्यान र साधनाको माध्यमबाट फाल्नु पर्ने हुन्छ । अनि मात्र नयाँ सोचविचार फुर्न पाउँछ । नयाँ नयाँ सोचविचारमा हर्ष, उमंग र आनन्द हुन्छ ।

निष्कर्षमा भन्नु पर्दा परिस्थितिभन्दा मनस्थिति बलियो हुनु पर्छ । परिस्थितिको दास हुनु भएन । जस्तै, परिस्थितिका बाबजुद पनि खुशी बटुल्न सक्नु प¥यो । मौसम उज्यालो अर्थात् घाम लागिरहँदा मात्र खुशी रहने मौसम बिग्रियो भने मन खिन्न हुनु भएन । घामपानी, बर्ष, बादल हिमपातले मनलाई बदल्नु भएन । मनस्थिर रहेर आनन्द प्राप्त सक्नु पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!