दक्षिण कोरिया गएर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने

SHARE:

काठमाडौँ । पहिले नै दक्षिण कोरिया गएर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ ।कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ”, खनालले भने, “परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।” लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।

परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!