विशेष कारण देखाउँदै कांग्रेस बैठक स्थगित

SHARE:

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको सोमबार बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ ।

स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो । बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ ।

काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो । कांग्रेसको महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । विधानअनुसार दुई महिनाभित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन गरिसक्नुपर्ने व्यवस्था छ ।
–––

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!