कलासंस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुन्छ– सभामुख

SHARE:

काठमाडौं । सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ । नेपाल ललितकला पत्रकार समाजले शनिबार नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन् ।

आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै जोशीलाई ताम्रपत्रसहित सोफाज पत्रकारिता सम्मान गरेको थियो । सो अवसरमा सभामुख महराले शताब्दी पुरुष जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले कला, संस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुने बताए । संविधानमा नेपाललाई बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय भनेर परिभाषित गरेको चर्चा गर्दै सभामुख महराले भने, ‘संविधानमा उल्लेख गरिएको नेपालको सबै विशेषता कलासंस्कृतिमा अभिव्यक्त हुन्छ । जातजाति, भाषा, संस्कृति र धर्मको समुच्च रुप कला हो ।’

पत्रकारिताका विविध आयाममध्ये कला–संस्कृतिसम्बन्धी रिपोर्टिङ निकै कठिन र संवेदनशील रहेको बताउनुभयो । नेपाल कला, संस्कृति र परम्पराका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले कला–संस्कृति बिटको पत्रकारितामार्फत् राज्यलाई आकर्षित गर्न जरुरी रहेकोमा जोड दिए । देशका कुना काप्चामा रहेका कला संस्कृति र प्रतिभाहरु अहिले पनि ओझेलमा परिरहेको चर्चा गर्दै सभामुख महराले सबैलाई समेट्ने उद्देश्यले नै देशमा संघीय प्रणाली अपनाइएको बताए ।

‘संघीयताको अर्थ देश विभाजन गर्ने भनेको होइन, यो त व्यक्ति र समुदायमा अन्तरनिहित शक्ति, सीप कला संस्कृतिलाई उजागर र सम्बोधन गर्ने भनेको हो, उनले भने, ‘पूर्वदेखि पश्चिमसम्मका देशका कुनाकाप्चामा रहेका कला–संस्कृतिलाई राज्यले फराकिलो भएर समेट्नुपर्छ भन्ने सुझावमा तपाईंहरुको योगदान होस् ।’

जोशीसँगै संस्थाले नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कारबाट सविना श्रेष्ठ (सेतोपाटी) र पर्वत पोर्तेल (कान्तिपुर) तथा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कारबाट रवि मानन्धर (रेडियो सगरमाथा) लाई पुरस्कृत गरेको हो । कार्यक्रममा सम्मानित व्यक्ति शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पुरस्कार छनौट समितिका संयोजक अग्रज पत्रकार श्याम रिमाललगायतले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!