काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारबाट पत्रकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङसहित आठजना पत्रकार सम्मानित भएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा मंगलबार आयोजित राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङसहित आठ पत्रकारलाई सम्मानसहित पुरस्कृत प्रदान गरेकी हुन् । गुरुङ नागरिक खबर डटकमका प्रधानसम्पादक, एभरेस्ट टाइम्सका नेपाल कोअर्डिनेटर गुरुङ राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मानित भएका हुन् । पुरस्कार राशि एक लाख रहेको छ । १ लाख राशिसहितको पुरस्कार पाउने छ जना पत्रकार छन् ।
वरिष्ठ पत्रकारिता सम्मान–२०७५ बाट बद्रीबिनोद प्रतीक र तीर्थ कोइराला सम्मानित भएका छन् । वरिष्ठ पत्रकारिता सम्मान जनही दुई लाख नगद राशीको छ । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट खिलबहादुर भण्डारी, उमिद वागचन्द, माधव विद्रोही, निर्मला शर्मा र माला कर्ण पुरस्कृत भएका छन् ।






