३३ किलो सुन तस्करीमा एसएसपी दिवेश लोहनी पक्राउ

SHARE:

काठमाडौँ । ३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी दिवेश लोहनीलाई पक्राउ गरेको छ । मंगलबार बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको हो ।

महानगरीय अपराध महाशाखा प्रमुख रहेको बेला एसएसपी लोहनीले नै सनम शाक्यको हत्यापछि अनुसन्धानलाई नेतृत्व दिएर अगाडि बढाएका थिए। लोहनीले शाक्यको हत्याबारे अनुसन्धान गर्न र तस्करीका मुख्य नाईके भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई मोरङ पठाएका थिए।

एसएसपी लोहनीले उक्त घटनाबारे अनुसन्धान गर्नुअघि निमित्त आईजीपी बमबहादुर भण्डारीसँग पनि मौखिक अनुमति लिएका थिए भने अनुसन्धानबारे बारम्बार प्रहरी प्रधान कार्यालयलाई रिपोर्ट पनि गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!