जिउँदो मान्छे खाडलभित्र पुरिँदाको अनुभव

SHARE:

नगेन्द्रराज नेम्वाङ ‘वागिस’
अनुभव गत अंकबाट क्रमश…
जीवन बदल्न चानचुने कुरो होइन रहेछ । अर्थात् जीवन बदल्न अदम्य साहस नै चाहिने रहेछ । ९ दिन ९ रात निराहार भूतपस्या रहँदाको अनुभव क्रमशः ९ गुणा ९ फुट लम्बाई र चौडाई गहिराई भएको अँध्यारो खाडलभित्र प्रवेश त गरियो, तर खाडल बन्द भयो । ९ दिन ९ रात कसरी बिताउने मनमा त्रास थियो । हेरौं त, चारैतिर अँध्यारो छ, केही देखिँदैन । सुनांै त खाडल बन्द छ, केही पनि सुनिँदैन । भोक लाग्छ, खाने अधिकार छैन । निन्द्रा लाग्छ, सुत्न र तिर्खा भोक मेटाउन १ बोतल पानीले २४ घण्टा धान्नु पर्ने थियो ।

साथमा ओड्ने, ओछ्याउने सिरक र मिति समय थाहा पाउनका लागि एउटा क्रोनोग्राफ घडीबाहेक अरु केही थिएन । पहिलो र दोस्रो दिन बित्यो तेस्रो दिनमा भोक थाम्न नसकेर मृत्युको संघारमा पुग्दाको अनुभव यस्तो छ ः सपनामा आप्mना अगाडि राखिएको खाना सबै खाइसक्दा पनि भोक पटक्कै मेटिएन । झसङ्गै ब्यूझियो, शरीरभरि पसिना आइरहेको थियो । सास जोड्न बहुत कठिन भइरहेको थियो । श्वासप्रश्वास सामान्य सन्तुलनमा ल्याउनका लागि केही समय लागेको थियो । पछि भोक हरायो श्वासप्रश्वास सामान्य रह्यो । त्यसपछि शरीर हल्का महसुस र मन चङ्गाजस्तै फ्रेसनेस आयो ।

एउटा ज्ञान प्राप्त भयो । हाम्रो शरीरलाई रोग लाग्ने भनेको खानेकुराबाट नै रहेछ । हामीले खाना खाएपछि शरीरभित्र दिसा बन्छ, दिसा शरीरको लागि विकार अर्थात् दिसापिसाब शरीरमा रहिरह्यो भने शरीरलाई विभिन्न किसिमको रोग लाग्ने रहेछ भन्ने ज्ञान प्राप्त भयो । भूतपस्या अवधिभरि भोक हराएपछि आनन्दबाहेक केही रहेन । मनमा आनन्द प्राप्त भएपछि शारीरिक समस्या ढाड, कम्मर, घुँडा दुखाई पनि नष्ट भएर जाँदोरहेछ । भूतपस्याबाट यही नै लाभ प्राप्त भयो । ९ दिनपछि भूतपस्या तोड्न गजेन्द्र भाइ खाडलभित्र आउनुभयो । खुट्टामा ढोग्नु भयो । बाहिर निस्कँदा दसौं हजार शुभचिन्कहरुको भीड थियो । भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो ।
नेपालको राष्ट्रिय झन्डा, क्युओजिएलआरको झन्डा र गेसोको झन्डा ९ दिनसम्म नै फर्फरिएछ झन्डा फफरिएको दृश्यले आफुलाई थप उर्जा मिलेको थियो ।

गोर्खा सैनिक क्युओजिएलआरमा कार्यरत अवधिमा नै अध्यात्मीक दर्शन क्षेत्रको साहसिक कार्य भूतपस्यालाई बिएफबिएफ गोर्खा रेडियो र मिडियाले राम्रो साथ दिएको थियो । विएफविएस धरान संवाददाता निलिफा सुब्बाले भूतपस्याको समाचारलाई प्रत्येक दिन ९ दिनसम्म नै निरन्तर प्रसारण गर्नुभएको थियो । र, भूतपूर्व क्युओजिएलआर एशोसिएसन सुनसरीले राम्रो सहयोग गरेको थियो । अध्यक्ष लालबहादुर साहेव, सचिव देबेन्द्र खिम्दीङ्ग गुरुजी उहाँहरुको टिम र विएफबिएस संवाददाता निलिफा सुब्बा लगायत उहाँहरुको सहयोग अविस्मरणीय रहेको छ । हार्दिक आभार प्रकट गर्दछु ।

स्मरण रहोस्, भूतपस्या पस्न एकदिन अगाडि विएफविएस गोर्खा रेडियो यूकेबाट कार्यक्रम प्रस्तोता रुपा रानाले पनि फोनईन कार्यक्रममार्फत प्रत्यक्ष अन्तरवार्ता लिनु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!