जनमुखी कि नेतामुखी ?

SHARE:

आगामी आर्थिक वर्षका लागि सरकारले बजेट ल्याएको छ । बजेटबारे संसदमा छलफल पनि सुरु भएको छ । बजेटले समेटेको पक्ष र नसमेटेका पक्षबारे व्यापक रुपमा छलफल भइरहेको छ । अहिले नै बजेटको परिणामको आशा भने गर्न सकिने स्थिति छैन । यो स्थितिमा बजेट कति राम्रो या नराम्रो भनेर भनिहाल्न पनि सकिँदैन ।

बजेटले जनताको भावना समेट्न सक्यो या सकेन भन्ने पाटो अर्को हो । जनजीविकाको सवाललाई पक्कै पनि ध्यान दिनैपर्छ । बजेटले सबैभन्दा निमुखा जनताको सवाललाई कसरी सम्बोधन गर्न सक्छ भन्नेबारे हेक्का राख्नैपर्छ । त्यो हेक्का हुन सकेन भने पक्कै पनि बजेट असफल मान्न सकिन्छ । त्यति मात्र नभएर बजेट कार्यान्वयन कुन गतिमा हुने हो भन्ने पक्ष अर्को हो ।

सबै नीति पक्कै पनि उत्तम नै हुन्छन् । बजेटमा अहिले पनि राम्रा कार्यक्रमहरु पनि छन् । सबै पक्षलाई समेट्न खोजेको देखिन्छ । अझ सामाजिक सुरक्षा भत्ता बढाएर गरिएको व्यवस्थाले बजेटको आकर्षणलार्ई थप पुष्टि गरेको छ । बजेटमा देखिएको अरु थुप्रै आकर्षणलाई सकारात्मक मान्न सकिन्छ । सुन्दा आकर्षक लागे पनि भोलिका दिनमा कार्यान्वयन पक्ष कसरी हुन्छ भन्ने कुराले सबै कुरा निर्धारण गर्ने हुन्छ । त्यसैले बजेट कार्यान्वयनमा गम्भीर हुनैपर्छ । बजेट कार्यान्वयन कमजोर भयो भने बजेटले दिने सन्देश पक्कै पनि उत्तम मान्न सकिँदैन ।

बजेटमा देखिएको कमजोरी भने स्रोत कहाँबाट हुन्छ यति ठूलो बजेको भन्ने नै हो । १५ खर्ब बजेटको व्यवस्थापन पक्कै पनि चानचुने विषय होइन । बजेटको भोलम मात्र ठूलो बनाएर हुँदैन । बजेट आउँदा सबैले वाह वाह गरेपनि भोलिका दिनमा कार्यान्वयन गर्न सकिएन भने त्यसले नकारात्मक सन्देश दिने नै छ ।

अझै बजेट केन्द्रीकृत भएको गुनासो व्यापक बनेको छ । बजेट संघीयताको मर्मविपरित आएको पनि गुनासो बढ्दो छ । बजेटले स्थानीय ससाना योजनाहरुलाई पनि आफ्नो काबुमा लिन खोजेको बुझिएको छ । बजेटमा केन्द्रीय परियोजनाहरुमा भन्दा पनि झारा टार्ने खालका योजनाहरु बजेट छुट्याएको देखिएको विश्लेषकहरु बताउँछन् । बजेटको यो पेरिफेरीमा जनताले भन्दा पनि नेताले आश गर्ने खालको बजेट आयो भन्नेहरु पनि कम छैन । त्यसैले बजेटको यो सवालमा देखिएको गुनासाको सम्बोधन गर्दै बजेट कार्यान्वयनका लागि सरकार गम्भीर रुपमा लाग्नुपर्ने देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!