इरान–अमेरिकाबीच पाकिस्तानमा भएको वार्ता निष्कर्षविहीन

इस्लामावाद । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिनुभयो । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको […]
बेलायतमा आज ग्रेटर रश्मुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउँदै, गायिका रेश्मा तामाङको प्रस्तुति

लन्डन १२ अप्रिल २०२६ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आज नेपाली नयाँ वर्ष २०८३ मनाउँदै छ । अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा विशेष सांगीतिक कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको हो । कार्यक्रममा प्रस्तुति दिन गायिका तथा मोडल रेश्मा तामाङ शुक्रबार नै बेलायत आइसकेकी छन् । जीआरएनसीको कार्यक्रम दिउँसो ४ बजे सुरु भएर राति […]
समाजसेवी खगेन्द्र घर्ती मगरलाई ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’ प्रदान

लन्डन ११ अप्रिल २०२६ । नेपाल मगर संघका संस्थापक सदस्य तथा समाजसेवी खगेन्द्र घर्ती मगरलाई ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’प्रदान गरिएको छ । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले शनिबार एलायन्स फ्रान्सेली केन्द्र ललितपुरमा पुरस्कार वितरण समारोह आयोजना गरी खगेन्द्रलाई पुरस्कृत गरेको हो । खगेन्द्रलाई ४० हजार रुपैयाँ र सम्मानपत्र प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख तथा रास्वपाबाट वर्तमान […]
नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणमा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायतमा

लन्डन । नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणामा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायत आइपुगेकी छन् । नवलपुर जिल्ला समाज यूकेले यही १९ अप्रिलमा आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमका लागि रुपी शनिबार बिहान बेलायत आइपुगेकी हुन् । उनलाई समाजकी अध्यक्ष मीना सापकोटाले हिथ्रो विमानस्थलमा स्वागत गरिन् । नवलपुरे गायिका रुपी सिन्जाली मगरका साइली, माया […]
बेलायतवासी कोपिला लिम्बुका पाटनमा हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार

लन्डन । बेलायतको आशफोर्ड निवासी कोपिला लिम्बुका ललितपुरको पाटनमा चक्कु प्रहार गरी हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार गरिएको छ । पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट गत बुधबार हत्या भएका झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । हाम्रा संवाददाता गजेन्द्र […]
पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान

काठमाडौँ । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा)लाई प्रदान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार/मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गरिएको हो । यस्तै, रु ५० हजार दुई सय दुई राशीको पहिचान युवा सम्मान […]
एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश

काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छिन् । चीनको लेसानमा जारी प्रतियोगितामा एरिकाले सेमिफाइनलमा इटलीकी खेलाडी फेराकुटी क्लियोलाई ८-३ ले हराउँदै फाइनल पुगेकी हुन् । फाइनलमा पुगेसँगै उनले कम्तीमा रजत पक्का गरेकी छिन् । अब एरिकाले फाइनलमा काजकिस्तानकी सोफिया बर्लुतशोभालाई नै प्रतिद्वन्द्वीको रुपमा भेट्टाएकी छिन् । ३ […]
साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण

काठमाडौँ । शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए । पहिलो आख्यानका रुपमा ‘सलह’ ल्याएका श्रवण मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे । लेखक श्रवण मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई […]
विपासना ध्यान

परिचय विपासना भारत तथा नेपाललगायत अन्य देशको एकदम पुरानो ध्यान साधना हो । धेरै पहिला मानव विकासक्रममा हराए पनि गौतम बुद्धले २५०० वर्ष पहिला पत्ता लगाइ प्रयोग गरेको थियो । विपासना भनेको वस्तुहरुलाई जस्ताको तस्तै अथवा सही देख्नु हो । यो यस्तो पद्धति हो, जसमा आफैं महसुस गरी आफैं शुद्धीकरण गर्नु हो । र, हाम्रो […]
२४ औं गोर्खा कपका लागि छिटो स्टल बुकिङ गर्न तमु धीं यूकेको आग्रह

लन्डन । तमु धीं यूकेले आसन्न २४ औं गोर्खा कपका लागि छिटो स्टल बुकिङ गर्न आग्रह गरेको छ । सीमित ठाउँ रहेकाले सकेसम्म चाँडो स्टल बुक गर्न शनिबार आग्रह गरिएको छ । ‘हामीसँग सीमित ठाउँ उपलब्ध भएकोले कृपया आफ्नो स्टल सकेसम्म चाँडो बुक गर्नुहोस् । आफ्नो स्टल बुक गर्न, कृपया उपाध्यक्ष दिलमाया गुरुङलाई ०७७१३८५६५४० मा […]
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता

इस्लामाबाद । मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका–इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबीच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ । केही हप्तायता जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले ‘मेक वा ब्रेक’ चरणको संज्ञा दिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद आइपुग्नुभएको छ । […]
नेपालको अध्यागमन विभागले भन्यो – ‘वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने’

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]