एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश

SHARE:

काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छिन् ।

चीनको लेसानमा जारी प्रतियोगितामा एरिकाले सेमिफाइनलमा इटलीकी खेलाडी फेराकुटी क्लियोलाई ८-३ ले हराउँदै फाइनल पुगेकी हुन् । फाइनलमा पुगेसँगै उनले कम्तीमा रजत पक्का गरेकी छिन् ।

अब एरिकाले फाइनलमा काजकिस्तानकी सोफिया बर्लुतशोभालाई नै प्रतिद्वन्द्वीको रुपमा भेट्टाएकी छिन् । ३ महिनाअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। उक्त प्रतियोगितामा उनी फाइनलमा पराजित भए पनि एरिकाले प्राप्त गरेको रजत ऐतिहासिक पदक थियो ।

आजै एरिकाले समूह चरणको तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएकी हुन् । उनले समूह चरणको खेलमा मोन्टेनेग्रोकी योभाना डामयानोभिकलाई २-० ले माथ दिइन्।

स्वर्ण पदकको लागि फाइनल प्रतिस्पर्धा आइतबार हुने टोलीका व्यवस्थापक रवि महर्जनले जानकारी दिएका छन् । एसियाली खेलकुदकी रजत पदक विजेता हुन् एरिका ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!