तमू कलाकार संघ नेपाल गण्डकी र मणिपाल अस्पतालबीच एमओयू

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र तमू कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत आपसी सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । सहमतिअनुसार, तमू (गुरुङ) कलाकार संघ, नेपालसँग आबद्ध सदस्य तथा कार्यसमितिहरूले नेपाल मणिपाल शिक्षण अस्पतालमा सुलभ, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्राप्त […]
धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाडौँ ३ मार्च २०२६ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा […]
गुरुङ र थारुबारे सोविता गौतमको अभिव्यक्तिविरुद्ध तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको आपत्ति

चितवन ३ मार्च २०२६ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र नं. ३ की उम्मेदवार सोविता गौतमले हालै एक चुनावीसभालाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति चितवनले गम्भीर आपत्ति जनाएको छ। परिषद्ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ तथा मगर समुदायप्रति लक्षित अभिव्यक्ति गैरजिम्मेवार, भ्रामक […]
सोविताको सोच जातिवादी [विचार]

यसअघि बलात्कारको बारेमा आएको विवादलाई मैले विपक्षीले बढाइचढाइ गरेको होला, एक जना कानुनका विद्यार्थी महिलाले कसरी यस्तो कुरा गर्लान् भनेर खासै वास्ता गरेको थिइन । पछि माफी मागे भन्ने आयो – कुनै सन्दर्भमा कसैको बुझाइ गलत हुनु अनौठो होइन, बुझेर अघि बढिसकेपछि समस्या रहेन भन्ने लागेको थियो । तर, आज फेरी गुरुङ र थारु समुदायका […]
बेलायतवासी पाइजा दम्पतीद्वारा म्याग्दीको स्वास्थ्यचौकीमा ५ लाखको अक्षयकोष स्थापना

म्याग्दी ३ मार्च २०२६ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मथलो […]
डम्फु सेलो कार्यक्रमलाई तामाङ समाज उत्तर अमेरिका र टेक्ससबाट ६ लाख ५ हजारको भिडियो क्यामरा सहयोग

काठमाडौं ३ मार्च २०२६ । कार्यक्रम डम्फु सेलोलाई तामाङ समाज उत्तर अमेरिका र तामाङ समाज टेक्ससले भिडियो क्यामरा सहयोग गरेको छ । यही फागुन १६ गते शनिबार छायांकन कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका बोर्ड सदस्य ज्ञानेन्द्र घलान तामाङ र तामाङ समाज टेक्ससका उपाध्यक्ष रत्न मोक्तान तामाङले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त क्यामरालाई ४ […]
एनआरएनए निर्वाचन समितिद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित, कुन देशमा कति ? [सूची]

लन्डन ३ मार्च २०२६। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) निर्वाचन समितिले आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । समितिले सोमबार नामावलीमा समेटिएका मतदाताहरूको विवरण सार्वजनिक गरेको हो । नामावली विवरण एनआरएनए निर्वाचन समितिको सूचना पार्टी तथा संस्थाको वेबसाइट https://nrna.org मा हेर्न सकिने निर्वाचन आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए […]
नेपालमा मंगलबार युके पाउण्ड एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, अरु कति ?

काठमाडौँ ३ मार्च २०२६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
बाग्लुङ्गे समाज यूकेको सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

अल्डरसट, यूके – गत मार्च १ तारिख २०२६, शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बाग्लुङ समाज यूकेको सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खड्क थापाको सभाध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। पहिलो सत्र: प्रतिवेदन र सम्मान मध्यान्ह १२:३० बजे महासचिव जित पुनले आसन ग्रहण गराएसँगै सुरु भएको […]
तमु धी यूकेका उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँ तथा विद्यालयद्वारा स्वागत तथा बिशेष सम्मान

बेलायत – तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ नेपाल भ्रमणका क्रममा कास्कीको पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले भव्य स्वागत तथा विशेष सम्मान गरेका छन्। उहाँले गत वर्ष ल्वाङस्थित श्री बाराही आधारभूत विद्यालयलाई आफ्ना स्वर्गीय बुवा–आमाको स्मृतिमा ७७,७७७ रुपैयाँको “बाराही अक्षय कोष” स्थापनाका लागि सहयोग गर्नुभएको थियो। उक्त सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक गतिविधि, […]
Invitation to get involved in Armed Forces Day National Event in June

01 March 2026 , RBC UK- Planning is well under way for the prestigious Armed Forces Day National Event 2026 which will proudly be held in Aldershot and Farnborough over the weekend of 27 and 28 June. A full programme of events and activities is being organised by Rushmoor Borough Council, with support from the […]
नेपालमा निर्वाचन सामग्रीसहित कर्मचारी सवार मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

रामेछाप २ मार्च २०२६ । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक सोमबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको […]