तमू कलाकार संघ नेपाल गण्डकी र मणिपाल अस्पतालबीच एमओयू

SHARE:

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र तमू कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत आपसी सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ ।

सहमतिअनुसार, तमू (गुरुङ) कलाकार संघ, नेपालसँग आबद्ध सदस्य तथा कार्यसमितिहरूले नेपाल मणिपाल शिक्षण अस्पतालमा सुलभ, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्नेछन् । समझदारी पत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र समितिका अध्यक्ष विक्रम गुरुङले हस्ताक्षर गरेका हुन् ।

नेपाल मणिपाल शिक्षण अस्पताल नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै संघ–संस्था तथा व्यवसायीक प्रतिष्ठानका लागि विभिन्न ग्राहक–मैत्री स्वास्थ्य परीक्षण योजनाहरू निरन्तर रूपमा विस्तार गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!