इरानमाथि व्यापक हवाई आक्रमण, सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

तेहरान १ मार्च २०२६ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ । घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको […]

एनआरएनए हङकङले विश्वव्यापी ईको कविता प्रतियोगिता गर्दै, २८ मार्चभित्र रचना पठाउन आग्रह

लन्डन १ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्‍ हङकङले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी ईको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । कुल १ लाख पुरस्कार राशिसहितको प्रतियोगितामा आयोजना गर्न लागिएको एनआरएनए हङकङले जानकारी दिएको छ । प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या […]

अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा ४२ लाखको ‘पर्वत अस्पताल सौन्दर्यकरण परियोजना’ हस्तान्तरण

काठमाडौं १ मार्च २०२६ । प्रदेश अस्पताल (पर्वत अस्पताल) सौन्दर्यकरण परियोजना सम्पन्न गरेर हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना तथा प्रदेश अस्पताल पर्वतको व्यवस्थापनमा सम्पन्न “पर्वत अस्पताल सौन्दर्यकरण परियोजना” हस्तान्तरण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उनका अनुसार विशेष […]

यूके निवासी बेनकुमार गुरुङ दम्पतीद्वारा ‘शिक्षा शिक्षा शिक्षा’ अभियानमा ५१ हजार सहयोग

लन्डन १ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूके निवर्तवान अध्यक्ष एवं समाजसेवी बेनकुमार गुरुङ दम्पतीले “शिक्षा शिक्षा शिक्षा” अभियानमा ५१ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् । पर्वत जिल्ला फलेबास नगरपालिका वडा न ९ भंगारा घर भई हाल लन्डन अक्स्ब्रीज निवासी बेनकुमार गुरुङ तथा तारादेवी गुरुङको तर्फबाट अभियानमा ५१ हजार एक सय […]

इरानमा इजरायली हमला : नेपालले गर्‍यो सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं २८ फेब्रुअरी २०२६ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक […]

अमेरिकी राष्ट्रपति ट्रम्पको अपिलबीच तेहरानमा आक्रमण

दुबई २८ फेब्रुअरी २०२६ । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नुभएको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ । […]

बर्दघाटमा ४४औँ मगर स्थापना दिवस भव्य रूपमा सम्पन्न

सञ्जय सिंजाली मगर बर्दघाट, नवलपरासी २८ फेब्रुअरी २०२६ । नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिको आयोजनामा ४४औँ मगर स्थापना दिवस–२०८२ विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा मगर समुदायको एकता, पहिचान र सांस्कृतिक गौरवलाई उजागर गरिएको आयोजकले जनाएको छ। संघका नगर अध्यक्ष भरत काम्मुले मगर स्थापना दिवस हरेक वर्षझैँ यस […]

मोना यूकेले २५ अप्रिलमा मोना शुभकामना साँझ आयोजना गर्ने, गोविन र शारिष्माको प्रस्तुति रहने

लन्डन २८ फेब्रुअरी २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने भएको छ । चर्चित कलाकार गोविन पुन र शारिस्मा राम्जालीको प्रस्तुतिसहित आगामी २५ अप्रिलमा मोना शुभकामना साँझ हुन लागेको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले जानकारी दिए । कार्यक्रम फार्नबरोस्थित द स्यामुएल कोडी स्पोर्ट्स कलेज, बालान्टाइन रोडमा हुनेछ । नेपाली […]

यस्तो छ नेपालमा शनिबार विदेशी मुद्राको विनिमयदर, युके पाउण्ड १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा

काठमाडौँ २८ फेब्रुअरी २०२६ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड […]

error: Content is protected !!