दक्षिण कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल २७ फेब्रुअरी २०२६ । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र […]
‘नुवाकोटमा नेकपाको विजयलाई कुनै माइकलालले छेक्न सक्ने छैन’

काठमाडौं २७ फेब्रुअरी २०२६ । नेपाली कम्युनिष्ट पार्टीबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरुले आफूहरुको विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । नुवाकोट-काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले नुवाकोटका दुवै क्षेत्रमा तारा चिह्नको जित निश्चित भइसकेको दाबी गरेका हुन् । नुवाकोट-१ का उम्मेदवार […]
नेकपाले नुवाकोटका दुवै क्षेत्र जित्ने अवस्था देखें, लालकिल्ला बनोस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटका दुवै क्षेत्र आफ्नो पार्टीले जित्ने सम्भावना रहेकोले लालकिल्ला बन्ने बताएका छन् । नुवाकोट-काठमाडौं सम्पर्क समितिको आयोजनामा नुवाकोट क्षेत्र नं १ र २ मा नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार प्रचण्डले उक्त धारणा राखेका हुन् । ‘दुवै […]
भूतपूर्व गोर्खा सैनिकको समस्या उच्चस्तरीय कूटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर समाधान गर्न आदेश

काठमाडौं २७ फेब्रुअरी २०२६ । सर्वोच्च अदालतले उच्चस्तरीय कूटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आदेश जारी गरेको छ। ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समिति नेपालको संयोजक भीमबहादुर लिम्बू तावा र प्रमुख सल्लाहकार लाल बहादुर घिसिङले दायर गरेको मुद्दाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो । पूर्णपाठमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट बेलायत […]
एनआरएनएको १२औँ विश्व सम्मेलनमा रोजिना प्रधान राईको खुल्ला उपाध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन २७ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन तथा महाधिवेशनको अवसरमा रोजिना प्रधान राईले खुल्लातर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको संघमा राई सन् २००७ देखि विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रहँदै आएकी छन् । ११औँ महाधिवेशनबाट महिला […]
नेपाल आदिवासी जनजाति महासंघ यूकेले १० मेमा वार्षिक डिनर तथा रात्रिभोज आयोजना गर्ने

अल्डरसट, बेलायत २७ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले आगामी १० मे २०२६ मा वार्षिक डिनर तथा रात्रिभोज आयोजना गर्ने भएको छ । बेलायतस्थित आदिवासी जनजाति (मूलवासी) समुदायबीच आपसी एकता, सहकार्य तथा सांस्कृतिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले रात्रिभोज आयोजना गरिन लागेको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । कार्यक्रमका प्रमुख […]
एनआरएनए यूकेका अध्यक्ष गाहामगरले बुझाए परराष्ट्र मन्त्रालयलाई ज्ञापन, एनआरएनएको सबै गतिविधि तत्काल रोक्न माग

लन्डन २६ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघभित्र देखिएको विवाद, एकता महाधिवेशन र डाटा दुरुपयोगको विषयमा गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष प्रेमबहादुर गाहा मगरले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी ढंगले अघि बढाइएका सबै गतिविधि तत्काल रोक्न सरकारको हस्तक्षेप आवश्यक रहेको बताए । परराष्ट्र मन्त्रालयमा करिब ४५ मिनेट भएको छलफलमा अध्यक्ष गाहाले […]
बेलायतमा १३ औं पाँचथर कप आगामी मे २ मा

लन्डन २६ फेब्रुअरी २०२६ । पाँचथर समाज सेवा युकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप आगामी मे २ तारिखमा हुने भएको छ । यो १३ औं संस्करणको फुटबल प्रतियोगिता हो । पाँचथर समाज सेवा युकेका अध्यक्ष नगेन्द्र नेम्बाङको अध्यक्षतामा नवौं कार्य समितिको भर्चुल माध्यमबाट बसेको दोस्रो बैठकले पाँचथर कपको मिति तय गरेको खेल संयोजक कार्यसमिति […]
बेलायतमा दुई नेपाली उत्तरबहादुर गुरुङ र डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार

लन्डन २६ फेब्रुअरी २०२६ । बेलायतमा दुई नेपाली उत्तरबहादुर गुरुङ र डा. विशाल गुरुङ काउन्सिलर उम्मेदवार बनेका छन् । आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा सत्तारुढ पार्टी लेबरका तर्फबाट भूतपूर्व ब्रिटिस गोर्खा ६६ वर्षीय उत्तरबहादुर गुरुङ र कन्जरभेटिभ पार्टीबाट डा.विशाल गुरुङ बेलायतको अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका हुन् । लेबर पार्टी अभियानमा सन् […]
एनआरएनएको एकता त्रुटिपूर्ण र अवैधानिक भन्दै उपाध्यक्ष विश्वास दीप तिगेलाद्वारा अस्वीकार

लन्डन २६ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष विश्वास दीप तिगेलाले एनआरएनएको एकता अस्वीकार गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै तिगेलाले एनआरएनएको एकता त्रुटिपूर्ण र अवैधानिक भन्दै उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिएको जानकारी गराएका हुन् । उनले आईसीसी तथा विश्वभरका एनसीसीहरु एनआरएनएको निरन्तर कार्यमा कटिबद्ध रहन आग्रहसमेत गरेका छन् । ‘सर्वोच्च […]
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा

लन्डन । बेलायतले मस्कोको महत्त्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी–युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ । प्याकेजमा रूसी ऊर्जा राजस्व, विशेष गरी तेल निर्यात, साथै युद्ध प्रयासलाई बढावा दिने सैन्य उपकरणका प्रमुख आपूर्तिकर्ताहरूलाई लक्षित गरी लगभग ३०० नयाँ प्रतिबन्धहरू समावेश छन् । […]
तमु धीं यूकेको प्रतिनिधिमण्डलद्वारा नेपालका राष्ट्रपति पौडेलसँग भेट

लन्डन । बेलायतस्थित तमु धीं यूकेको प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ । भेटमा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा विशाल गुरुङ तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ सहभागी थिए । भेटवार्ताका क्रममा तमु धीं यूकेको स्थापना तथा हालसम्मका गतिविधिबारे छलफल गरेको महासचिव गुरुङले बताए । उनका अनुसार […]