बुद्धिष्ट कम्युनिटी सेन्टर यूके आमा प्रमुखमा शारदा गुरुङ, सचिवमा पबित्रा गुरुङ चयन

लन्डन २ मार्च २०२६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) आमा समूहको प्रमुखमा शारदा गुरुङ चयन भएकी छन् । १ मार्च २०२६ मा भएको संस्थाको अधिवेशनबाट गुरुङको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा तुलसी घले र दुर्गालक्ष्मी गुरुङ, सचिव पबित्रा गुरुङ, सहसचिवमा सुन्दरी तामाङ, कोषाध्यक्ष उषा गुरुङ, सह-कोषाध्यक्षमा टुककुमारी गुरुङ […]

नेपालमा प्रतिनिधिसभा चुनाव : सोमबार मध्यरातिदेखि ‘मौन अवधि’, के हो ?

काठमाडौँ २ फेब्रुअरी २०२६ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सोमबार मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव […]

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ २ मार्च २०२६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार […]

नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङमाथि उनेपाका कार्यकर्ताहरुबाट आक्रमणको प्रयास

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तेजबहादुर तामाङ (रमेश) माथि ‘उज्यालो नेपाल पार्टी’का कार्यकर्ताहरूले योजनाबद्ध रूपमा बाटो छेकेर दुर्व्यवहार र आक्रमणको प्रयास गरेका छन्। दुप्चेश्वर गाउँपालिकाबाट फर्कने क्रममा आइतबार पञ्चकन्या-४ आइपुग्दा अध्यक्ष तामाङको सवारी साधनलाई उज्यालो पार्टीका कार्यकर्ताहरूले अवरोध गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा पञ्चकन्या ४ मा वडाध्यक्षको […]

गण्डकीका एमाले पूर्वमन्त्री गुरुङको आग्रह – ‘सूर्यमा चित्त नबुझे तारामा भोट हालौं’

पोखरा २ मार्च २०२६ । गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का तर्फबाट सांसद रहेका बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत उक्त आह्वान गर्नुभएको हो । उहाँले विगतमा एमालेको मत घट्दा माओवादीको बढ्ने र माओवादीको घट्दा एमालेको बढ्ने गरेको भए पनि […]

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनका समर्थकले गरे बेनीमा सरसफाइ

म्याग्दी २ मार्च २०२६ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनका समर्थकहरुले आइतबार सदरमुकाम बेनीबजारमा सरसफाइ गरेका छन् । निवर्तमान मन्त्रीसमेत रहेका पुनको चुनावी घरदैलो अभियान जारी रहेकै बेला आइतबार समर्थकले विभिन्न नारासहित प्ले कार्ड, ब्यानरसहित हात हातमा कुचो, झाडु लिएर बेनी नगरपालिका वडा नं ७ वीरेन्द्रचोकबाट […]

सांगीतिक प्रस्तुतिसहित धरान समाज यूकेको फण्ड रेजिङ डिनर नाइट सम्पन्न

लन्डन २ मार्च २०२६ । सांगीतिक प्रस्तुतिसहित धरान समाज यूकेको ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा २८ फेब्रुअरी २०२६ मा उक्त कार्यक्रम भएको हो । करिब दुई सय जना सहभागी भएको कार्यक्रममा विभिन्न नृत्य, अक्सन, राफल ड्र र बस्कर्स व्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो […]

फोनिज यूकेकी पूर्वअध्यक्ष रानाद्वारा शिवालय माविमा १ लाख ५१ हजारको अक्षय कोष स्थापना

लन्डन १ मार्च २०२६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा (गमकुमारी) राना र श्रीमान् सुनील रानाले स्याङ्जाको गल्याङ नगरपालिका-२ बलाम गुठीमा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा १ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । गोमाले प्रारम्भिक शिक्षा हासिल गरेको शिवालय माविमा अक्षय कोष स्थापना गरेकी हुन् । राना […]

३५० दिनभित्र प्रतिबद्धता पूरा गर्न नसके सांसद पदबाट राजीनामा दिन्छु : अध्यक्ष सुर्यवंशी

बुटवल १ मार्च २०२६ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीतर्फ धकेल्ने नेतृत्वसँग अब जनताले हिसाबकिताब माग्ने समय आएको बताएका छन् । आइतबार बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी नागरिक सम्बोधन सभामा बोल्दै उनले विगतका सरकारहरूले उद्योग कलकारखाना बन्द गराएर युवाहरूलाई वैदेशिक रोजगारीका लागि खाडी […]

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौँ १ मार्च २०२६ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले […]

नुवाकोट १ का उम्मेदवार तामाङले भने -‘म टुरिस्ट उम्मेदवार होइन, सधैं जनताको साथमा छु’

घलेभन्ज्याङ (नुवाकोट) । नुवाकोट निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका पूर्वमन्त्री हितबहादुर तामाङले आफू टुरिस्ट उम्मेदवार नभएकोले सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा जिल्लाको पञ्चकन्या गाउँपालिकामा आइतबार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्लामा पहिलोपटक चुनाव लड्न आएका कांग्रेस उम्मेदवार, अष्ट्रेलियाबाट फर्किका रास्वपा […]

पूर्वब्रिटिस गोर्खा गौरुङ कान्छाले ल्याए ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्म’ जीवनयात्रा कृति

ललितपुर १ मार्च २०२६ । कर्णबहादुर राई (गौरुङ कान्छा)को ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०८२ फागुन १६ गते शनिबार ललितपुरको महालक्ष्मी–१ इमाडोलमा आयोजना गरेको समारोहमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला, वाम्रासका अध्यक्ष गजुरधन राई, सरकारका उपसचिव तथा कवि अमरदीप सुनुवार, लेखक गौरुङ कान्छा, वाम्रास संस्थाकी संस्थापक […]

error: Content is protected !!