मोना यूकेले २५ अप्रिलमा मोना शुभकामना साँझ आयोजना गर्ने, गोविन र शारिष्माको प्रस्तुति रहने

SHARE:

लन्डन २८ फेब्रुअरी २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने भएको छ ।

चर्चित कलाकार गोविन पुन र शारिस्मा राम्जालीको प्रस्तुतिसहित आगामी २५ अप्रिलमा मोना शुभकामना साँझ हुन लागेको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले जानकारी दिए । कार्यक्रम फार्नबरोस्थित द स्यामुएल कोडी स्पोर्ट्स कलेज, बालान्टाइन रोडमा हुनेछ ।

नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। टिकट खरिदका लागि क्यूआर कोडमार्फत व्यवस्था गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमलाई सफल बनाउन अध्यक्ष पदम गर्बुजा, संयोजक वरिष्ठ उपाध्यक्ष लालु पुन तथा सांस्कृतिक सचिव नुनु पाइजालगायत सक्रिय रुपमा लागेका छन् ।

विदेशमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जुटाई आपसी सद्भाव, सांस्कृतिक पहिचान र मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष पदम गर्बुजाले एभरेस्ट टाईम्सलाई बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!